जानीराख्नुस मुख गन्हाउने समस्याले क्यान्सर पनि हुन सक्छ

काठमाडौं ।  मुख गन्हाउने समस्याले व्यक्तिको व्यक्तित्वमा नै नराम्रो प्रभाव पार्छ । यस्तो समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ । जसले मुख र शरीर स्वस्थ छैन भन्ने स्वतः बुझाउँछ । साथै, मुख गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिपे्रसनमा हुन्छन् ।

आफ्नो सास आफैँलाई नगन्हाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ । यदि, लामो समयदेखि मुख गन्हाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ । त्यसैले, यसबारेमा बुझेर समयमै उपचार गरौँ । 

मुख गन्हाउने कारण

  • प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ नियमित खाँदा ।
  • पानी कम पिउने कारण मुख सुक्खा हुनाले ।
  • कफीको अत्यधिक सेवनले ।
  • दाँत तथा मुख राम्रोसँग सफा नगर्दा ।
  • सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्नाले ।
  • लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्नाले ।
  • लामो समयसम्म एउटै ब्रस प्रयोग गर्नाले ।
  • खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा ।
  • चिनी भएको चुइंगम चपाउनाले ।
  • गुलियोको मात्रा अधिक प्रयोग गर्नाले ।
  • गिजा सुन्निएर पाइरिया भएमा । 
  • पिनासको संक्रमण भएमा ।
  • धूम्रपान, मध्यपान तथा सूर्तीजन्य वस्तुको प्रयोगका कारण । 
  • दाँत किराले खाएर खाल्डो भएमा ।
  • मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा ।
  • टन्सिलाइटिस भयो भने । 
  • सुतेको वेला घुर्नु, मुख खालेर सुत्नु तथा मुखबाट सास फेर्ने बानी हुनु ।
  • एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु ।
  • श्वास नली र फोक्सोमा संक्रमण हुनु ।
  • खाना नली र पेटमा घाउ हुनु ।
  • शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुनु ।
  • पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु । 
  • नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले ।
  • जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा ।
  • कलेजोले काम गरेन भने ।
  • मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आउँछ । 
  • रेडियोथेरापी तथा क्यान्सरको उपचार गराउँदा पनि मुख गन्हाउँछ ।

रोकथाम र उपचार 

  • मुख गन्हाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने   
  • किनकि, यो ब्रस वा फ्लस गर्दा पनि जाँदैन ।
  • पर्याप्त मात्रामा पानी पिउने, जसले शरीरमा पानीको मात्रा 
  • सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन । 
  • जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने । 
  • कफी र गुलियो खानेकुरा कम खाने ।
  • सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने ।
  • कृत्रिम दाँतमा खाना अड्किने भएमा राम्रोसँग सफा गर्ने । अझ ठीक नभएमा चिकित्सककोमा जाने ।
  • एउटा ब्रसलाई तीन महिनाभन्दा बढी प्रयोग नगर्ने । 
  • खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने । 
  • धेरै गुलियो, चकलेट र चुइंगमको प्रयोग कम गर्ने । 
  • गिजा सुन्निएमा उपचार गरेर ठीक पार्ने ।
  • पिनास र टनसिलको उपचार गर्ने ।
  • धूम्रपान अथवा सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
  • दन्त सडनको उपचार सही ढंले गर्ने ।
  • मुखका घाउ–खटिराको उपचार समयमै गर्ने ।
  • मुखमा क्यान्सर भएमा यसको उपचार समयमै गर्ने ।
  • मुखमा अम्लको मात्रा बढी आउन नदिने ।
  • खानपानमा ध्यान दिने र पेटको उपचार गर्ने ।
  • श्वासप्रश्वास नली र फोक्सोको समस्यालाई समयमै उपचार गर्ने ।
  • मधुमेह नियन्त्रणमा राख्ने ।
  • नियमित रूपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गन्हाउँछ, त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्ने ।डा. सुवास घिमिरे
    डा.घिमिरे ओम समाज डेन्टल हस्पिटलका ओरल म्याक्जिलोफेसियल सर्जन हुन्
  • नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...