११ दशमलव ९३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ९३ अंकले  घटेर १३०२ दशमलव ६१ को विन्दुमा पुगेको छ । आज दोस्रो बजार परिसूचकमा ० दशमलव ९१ प्रतिशतकोे गिरावट देखिएको छ । यस दिन कारोबार रकमसमेत खस्किएको छ ।

१६५ कम्पनीका २० लाख ५४ हजार २८६ कित्ता शेयर किनबेच भएर जम्मा ६२ करोड ६२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो । यो बिहीबारको तुलनामा ३० करोड ६४ लाख रुपैयाँले कम हो । बिहीबार ९३ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आइतबार करोबारमा आएका ११ उपसमुहहरु सबै नकारात्मक हुँदा नेप्से करिब १३ सय अंकमा झरेको हो । यस दिन जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ३८.०१ अंकले आरालो लागेको छ । यस्तै निर्जीवन बीमा ३५.०८, होटल ३२.३६, हाइड्रोपावर ३०.७१, विकास बैंक १४.६५, अन्य ११.७१, बाणिज्य बैंक ९.६, फाइनान्स ५.३८, माइक्रोफाइनान्स ५.१५, उत्पादन तथा प्रशोधन ०.७६ र म्युचुअल फण्डको सूचक ०.०२ अंकले नकारात्मक बनेका हुन् ।

आइतबार नेपाल बैंकको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै शिवम सिमिन्टको ४ करोड ७५ लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिमालयन डिस्टीलरी, कृषि विकास बैंक, एनसीसी बैंकको पनि २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आइतबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । माइक्रोफाइनान्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । एनएमबि माइक्रोफाइनान्सको शेयरधनीले ८.५८ प्रतिशले कमाएका छन् । हिमायलन उर्जा र माउन्टेन हाइड्रो नेपालको पनि शेयरमूल्य ३ प्रतिशतले सुधार भएको छ ।

शिवम सिमेन्ट, समता माइक्रोफाइनान्स, सिद्धार्थ इक्वीटी ओरेन्टेड स्किमको इकाई मूल्य, कन्काई विकास बैंकको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । यता जोशी हाइड्रोपावरको शेयरमूल्य सबै भन्दा धेरै ९.७५ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टीलरीका शेयरधनीहरुले ७.९० प्रतिशतले गुमाएका छन् । यस्तै राधि विद्युत, अरुण काबेली, मल्टिपर्पस फाइनान्स र घलेम्दी हाइड्रोको पावरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस