पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा आइतबार न्यायीक निकाय बन्द हुने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको शोकमा आइतबार सबै अदालतमा बन्द हुने भएका छन् । 

९६ वर्षको उमेरमा निधन भएका खत्रीको शोकमा आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा शनिबार बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उनको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पु¥याएका थिए ।  

अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन भएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मिएका भएका खत्री २०३३ साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

विस २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए ।

प्रतिकृया दिनुहोस