पूर्वप्रधानन्यायाधीश खत्रीको निधन

काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

पूर्वप्रधानन्यायाधीश खत्रीले वि.स. २००४ सालमा मुलुकी अड्डा ऐनसवाल फाँटबाट सरकारी जागिर सुरु गरेका थिए । यस्ते र उनले २०५ सालमा मेजर दर्जामा ह्लासा वकिल, २००९ सालमा कानुन मन्त्रालयको सचिव, २०१६ साल देखि २०३३ सालसम्‍म सर्वोच्च अदालतको न्यायाधीश बनिसकेका छन् ।

त्यसैगरी वि।स २०१६, २०२८, २०४८ साल गरी तीन पटक कानून सुधार आयोगका अध्‍यक्ष समेत रहिसकेका खत्री ३१ सालमा प्रेस काउन्सिलको समेत अध्‍यक्ष भएका थिए ।

यस्तै उनले २०३३ सालदेखि २०४२सम्‍म सर्ववच्च अदालतको प्रधानन्‍यायाधीश भएर जिम्‍मेवाली सम्हालेका थिए भने २०४३ सालमा चीनका लागि नेपाली राजदूत भएका थिए । यस्तै उनी वि.स.२०५७ सालमा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्‍यक्ष समेत बनेका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...