महिलाले आफ्नो उमेर ३० कटेपछि यस्तो छन् अनिवार्य गराउनुपर्ने ५ परीक्षण

काठमाडौं ।  व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ । पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन् । त्यसैले हरेक महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ ।

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन् । त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन् ।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन् ।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ । यदि रोग लागिसकेको भएपनि समयमै उपचार गर्न सकिन्छ।परीक्षण महंगो पनि छैन । त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ ।

मेमोग्रामः  पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ । स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भए पनि मेमोग्राम सस्तो विधि मानिन्छ । यो विधिबाट स्तनको एक्सरे लिइन्छ । महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ ।

प्याप स्मेयर टेस्टः   पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर । स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर । प्याप स्मेयर एक साधारण परीक्षण हो । प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ । यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।तीन दशक पार गरेका महिलाले यो टेस्ट गराउनु जरुरी छ ।

एचपीवी भाइरस टेस्टः  एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो । यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो । कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन।प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ ।

थाइराइड टेस्टः अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ । तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।त्यसैले प्रत्येक महिलाले थाइराड हर्मोनबारे स्वास्थ्य जाँच गराउनुपर्छ ।

बोन डेन्सिटी टेस्टः उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन् । शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन् । शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ ।आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै  महिलामा हड्डीको समस्या देखिने गरेको छ । त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ ।



 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...