गर्मीमा शितलता प्रदान गर्ने दहीको के के छ फाइदा जान्नैपर्ने

काठमाडौं । गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी सुरु भएसँग शरीरमा अत्याधिक पसिना आउने भएकोले शरिरमा पानीको मात्र पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदान गर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र रु गर्मीमा चिसो दही खाँदै शितलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ ।

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो। दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ। यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्‍याइरहेको हुन्छ।

दहीका फाइदाहरु यसप्रकार छन् 

दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ।

भोक कम लाग्ने समस्या भएका व्यक्तिहरुले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ।

दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ।

दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ।

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, ता नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ।

निद्रा नलाग्ने समस्या भएकाहरुले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग पुर्‍याउने गर्दछ।

दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ।

तर खाली पेटमा दही बिर्सेर पनि खानु हुदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ। जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ ।

राती दही खानु हुदैन, किन ?

रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ ।

यसरी दही खानुहोस् पेटको समस्या भगाउनुहोस्

दहि स्वास्थ्यका लागि निकै उपयोगी कुरा हो । दुधलाई मानिसको स्वास्थ्यमा फाइदा पुर्याउँने किसिमका ब्याक्टेरियाहरुले दहिमा परिवर्तन गर्ने गर्दछन् । दहि स्वादका लागि मात्रै नभए स्वास्थ्यका लागि पनि उत्तम हुन्छ । खास गरि पेटको समस्याका लागि दहि सेवन गर्नु एकदमै फाइदाकारी हुन्छ । अपच तथा अन्य पेट सम्बन्धी रोगहरु दहिका कारणले ठिक हुने गर्छन् ।

यस्तो उपयोगी दहिका बारेमा तपाईलाई के कुराहरु थाहा छ रु यदि थाहा छैन भने पनि यो लेखमा हामी छोटकरीमा यसका फाइदाका बारेमा लेखेका छौँ ।

१. दही आफैँ सजिलै त पच्छ नै साथै अन्य खानेकुरालाई पनि दहीले सजिलै पचाउन मद्दत गर्छ ।

२. पेटसम्बन्धी समस्या भएकाहरूका लागि दही अत्यन्त उपयोगी मानिन्छ । दही खाँदा पेटको समस्या कम त हुन्छ नै साथै शरीरलाई बल पनि प्राप्त हुन्छ ।

३. दूधबाट दही बनेपछि दूधमा रहेको सुगरको स्वरूप बदलिन्छ । जसले दहीलाई सुपाच्य बनाउँछ । त्यही भएर दूध खाँदा नपच्नेहरूले पनि दही खान सक्छन् ।

४. भोक कम लाग्ने समस्या भएकाहरूले पनि नियमित दही खाने गरेमा समस्या कम हुँदै जान्छ ।

यस्ता केही चिज दहीमा मिसाएर खाएमा शरिरलाई यसको दुईगुणा फाइदा हुन्छ

१. ज्वानो

दहीमा ज्वानो मिसाएर खानाले बाबासीरको रोगीलाई फाइदा पुग्छ । दहीमा ज्वानोलाई पिसेर मिसाउनुहोस् ।

२. मह

मह र दही दुवै स्वास्थको लागि धेरै नै फाइदाजनक छ । यदि यी दुई चिजलाई मिसाएर खाएमा अनुहारको फोका, दागहरु ठिक हुन्छ र अन्यखालका समस्याहरु टाढा हुन्छन् ।

३. केरा

दहीमा केरा मिसाएर खानाले पेटको कैयौं समस्याहरु ठिक हुन्छन् । यसको साथै रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।

४. जौ

दहीमा जौ ओट्स मिसाएर खानाले शरिरलाई क्याल्सियम, पोटासियम र प्रोटिन मिल्छ जसले हड्डी मजबुत हुन्छ ।

५. सौफ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने दहीमा सौफ मिसाएर खानुहोस् । यसले यो समस्या पनि टाढा हुन्छ । यस बाहेक ग्याँस र जलनबाट पनि रहात मिल्छ ।

६. कालो मरिच

यदि तपाईको तौल अत्याधिक धेरै छ भने दैनिक दहीमा कालो मरिच र बिरेनुन मिसाएर खानुहोस् । यसले शरिरमा जम्मा भएको बोसो कम गर्छ र तौल कम हुन्छ ।

७. भात

केही मानिसलाई माइग्रेनको समस्या हुन्छ । यो दुखाई धेरै नै भयानक हुन्छ । यदि दही र भात मिसाएर खाएमा यसबाट धेरै आराम मिल्छ ।

८. विरेनुन र भुटेको जिरा

दहीमा विरेनुन र भुटेको जिरा राखेर खानाले स्वाद र भोक बढ्छ । यस बाहेक यसले पाचन प्रणाली पनि राम्रो हुन्छ ।

९. ड्राइफ्रुट्स

दहीमा चिनीको साथमा ड्राइफ्रुट्स मिसाएर खानुहोस् । यसले कमजोरी हट्छ र तौल पनि कम हुन्छ । यसका साथै तपाई दिनभर फुर्तिलो महसुस गर्न सक्नुहुन्छ ।


हामी केहि सम्बन्धित थप जानकारी दिइएका छौ

तपाईको बढी दुध पिउने बानी छ कि दहि रु स्वास्थ्यका लागी कुन बढी फाइदाजनक रु

दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ ।


दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।

दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पु¥याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ । फर्मेन्टेसन क्रियाबाट दही बन्ने भएकोले दूधभन्दा पचाउन पनि सजिलो हुन्छ ।


एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ । यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ ।


यसैगरी महिलाहरुमा विशेषतः गर्भवती, मधुमेह तथा एन्टिबायोटिक औषधि सेवन गरेको अवस्थामा देखा पर्ने एक प्रकारको योनिको संक्रमण ९योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने० लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न आवस्यक भएको कुरा विभिन्न अध्ययनले देखाएको छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।


तुलनात्मकरुपमा हेर्ने हो भने दूध र दूधबाट बनेका अन्य खाद्यपदार्थहरुमा भन्दा दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम, क्यालोरी ६० र क्याल्सियम १४९ मि।ग्रा। पाइन्छ । हुन त दूधबाट दही बनाउने भएकाले साधारणतया दुवै खाद्यपदार्थको पौष्टिक गुुण समान भए पनि दहीमा क्याल्सियमको मात्रा, शोषण हुने प्रक्रिया दूधको भन्दा केही फरक छ ।


नेसनल इन्स्टिच्युट अफ न्युट्रेसन इन हैदराबादले गरेको अध्ययन अनुसार एक कप अर्थात २५० मि।ग्रा।दहीबाट ३७० मि।ग्रा। क्याल्सियम पाइन्छ भने एक कप दूधबाट ३०० मि।ग्रा। मात्र क्याल्सियम पाइन्छ । यसरी एक कप दहीबाट एक वयष्कको क्याल्सियमको आवस्यकता ३०–४० प्रतिशत पूर्ति हुन्छ । यसैगरी प्रोटिन ८ ग्राम प्राप्त हुन्छ ।


यी बाहेक दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि।ग्रा। पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ । दूधमा भएको क्याल्सियम भन्दा दहीमा भएको क्याल्सियमको शोषण तथा उपयोग छिटो हुन्छ ।


शरीरमा क्याल्सियम शोषणको लागि एसिडको आवश्यक पर्छ, जुन एसिडको दही भएका जीवाणुहरुले पैदा गर्छन् अर्थात दूधबाट दही बन्ने क्रममा यी जीवाणुले ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्ने काम गर्छन् । यसैगरी प्रोटिन तथा लौहतत्वको शोषणमा पनि ल्याक्टिक एसिडले मद्दत पु¥याउँछ ।


यस प्रकार शरीरमा दहीमा भएको क्याल्सियम राम्ररी शोषण तथा सदुपयोग हुने भएकाले अस्टोपोरोसिस भएका वयष्क महिलाको दैनिक भोजनमा आवश्यक मात्रामा दही समावेश गर्दा क्याल्सियमको औषधिले भन्दा बढी फाइदा भएको पाइएको छ ।


दूधमा भन्दा दहीमा पानीको मात्रा कम हुनाले स्वाभाविकरुपमा यसमा पौष्टिक तत्व बढी हुन्छ तर क्यालोरीको परिमाण भने दूधमा भन्दा दहीमा कम हुन्छ ।


दुधको फाइदा संगै बेफाइदा


ध बालबालिकाका लागि अनिवार्य खाद्यपदार्थ हो । बालबालिकाका लागि न्युट्रेसनको आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण हुन्छ ।


कुपोषणको सिकार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खाएर धेरै क्यालोरी चाहिने हुन सक्छ । त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ ।


स्वस्थ मानिस अर्थात् हेल्दी एडल्टले भने दूध नखाँदा राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युटे«सनको समस्या हुन सक्छ । त्यो किनभने हेल्दी एडल्टका लागि स्टक क्यालोरीको अवश्यकता हुँदैन ।


त्यस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूधको प्रयोग असुरक्षित मानिन्छ । किनकि दूधबाट पाइने ५० प्रतिशत क्यालोरी स्याचुरेटेड फ्याटबाट प्राप्त हुन्छ ।


दैनिक रूपमा मानिसलाई खानाबाट करिब सात प्रतिशत क्यालोरीको लिनुपर्ने हुन्छ । यस्तो क्यालोरी अन्य खाद्यपदार्थबाट पनि प्राप्त गर्न सकिन्छ । तर, दूधबाट मात्रै तीन प्रतिशत क्यालोरी प्राप्त हुन्छ । जुन हानिकारक सावित हुन सक्छ ।


दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । किनभने दूधकै कारणले यस्तो समस्या निको नहुने र लामो समयसम्म दुःख दिने हुन सक्छ ।


स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्याधिक हुने भएकाले त्यस्ता मानिसले दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने यसमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले नराम्रो असर गर्न सक्छ ।


१. दुध नपिउनाले पाचन प्रक्रिया राम्रो हुन्छ । दुधमा पाइने ल्याक्टोजको कारण पेट फुल्ने, ग्यास जम्ने तथा पखाला लाग्ने समस्या हुन सक्छ ।


२. अध्ययनमा भेटिए अनुसार दुधमा पाइने एनाबोलीक स्टाइरसको कारण अनुहारमा डन्डिफोर आउने समस्या हुन्छ । दुध पिउन छोडेमा यसबाट छुटकारा पाउन सकिन्छ ।


३. दुध नपिउनाले प्रोटेस्टेन्ट क्यान्सरको समस्याबाट बच्न सकिन्छ । अनुसन्धानमा भेटिए अनुसार दुधबाट बनेका खानेकुरामा पाइने क्याल्सियमबाट क्यान्सर हुन सक्छ ।


४. दुधले रगतमा चिनीको मात्रा बढाइदिन्छ । त्यसैले दुध पिउन छोडेमा उच्च रक्तचाप तथा मधुमेहबाट बच्न सकिन्छ ।


५. एक ग्लास दुधमा करिब २४ मिलीग्राम भन्दा बढि मात्रामा कोलेस्ट्रोल हुन्छ । दुध पिउन छोडेमा कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ ।


६. दुधमा २० प्रतिशतभन्दा बढि सेन्चुरेटेड फ्याटको मात्रा हुन्छ । यदि दुध पिउन छोड्नु भयो भने मोटोपनबाट बच्न सकिन्छ ।


७. मिल्क एलर्जीबाट बच्न सकिन्छ । दुध नपच्ने व्यक्तिले दुध पिएमा वान्ता हुने तथा एलर्जी हुने समस्या उत्पन्न हुन्छ ।


८.दुध पिउन छाडेमा अनावस्यक रुपमा पेट बढ्न पाउदैन ।


१०. गाई भैसीलाई दिइने विभिन्न एन्टिवायोटिक्स दुधमा समेत पुग्छ। त्यसैले दुध पिउनु स्वास्थ्यका लागी फाइदाकारी छैन ।


दहिका फाईदा र बेफाईदा


दही सगुनको रुपमा प्रयोग गर्दै आएका छौ । भनिन्छ दही खाएर कतै शुभ कार्यमा जड शुभ हुन्छ भनिन्छ । दहिको फाईद यतिमात्र हैन दहिको सेवानले फाईदा गर्छ र कसैलाई बेफाईदा पनि गर्दछ । दहीमा भएका रासायनिक पदार्थका कारण खाना छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।


तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।




एलर्जी


जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ ।


तत्कालै नसुत्नुस्


दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ ।


राति नखानुस्


राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।


अमिलो दही नखानुस्


दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ ।


नतताउनुस्


दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् ।


दमको रोगीले नखानुस्


तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।


मासुसँग नखानुस्


मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।


यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ स्


कम इम्युनिटी


रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ ।


मोटोपन


मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ ।


मधुमेह


मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।


दहीका १० फाइदा


१. पाचन शक्ति बढाउन


दहीको नियमित सेवन शरीरका लागि अमृत समान छ । यसले रगतको कमी र कमजोरीलाई पनि कम गर्न सक्छ । दूधले जब दहीको रुप लिन्छ, तब त्यो अम्लमा बदलिन्छ । यसले पाचनमा मद्दत पुर्याउँछ । जसलाई भोक कम लाग्छ, उसलाई दहीले निकै फाइदा गर्छ । त्यसैले पनि पाटी तथा सेमिनारहरुमा डेजर्टको रुपमा दहीको प्रयोग बढि हुन्छ ।


२. पेटको गडबडी रोक्छ


दही वा लस्सीको सेवनबाट पेट पोल्ने तथा पेटमा गडबड हुने सम्भावना कम हुन्छ । दहीलाई चामलमा मिसाएर पनि खान सकिन्छ । यस्तै सिंधे नुन दहीमा मिसाएर खानु पेटका अन्य समयस्याहरुका लागि पनि उपयोगी छ ।


३. मुटुको रोगका लागि पनि फाइदाजनक


अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले आंतको रोगलाई समेत फाइदा पुर्याउँछ । यस्तै दहीले मुटुरोग, हाई ब्लड प्रेसर नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । यसले कोलेस्ट्रोल बढ्नबाट रोक्ने र मुटुको धडकनलाई स्वभाविक अवस्थामा ल्याउन पनि सहयोग पुर्याउँछ ।


४. हड्डीको मजबुती


दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ । यसले हड्डीको विकासमा सघाउँछ । साथै दाँतलाई मजवुद् बनाउन पनि यसले भूमिका खेल्छ । यसले मांसपेसीलाई सही ढंगले काम गर्न पनि सघाउँछ ।


५. तौल बढ्न मद्त गर्छ


दूब्ला पातला व्यक्तिहरुलाई यदि दहीमा किसमिस, बदाम, छोकोडा मिसाएर खान दिएमा वजन बढ्न थाल्छ । दहीको सेवले शरीरमा रहेको अनावश्यक बोसोलाई पनि हटाउन सक्छ ।


६. सौन्दर्य


दही शरीरमा लगाएर नुहाएमा छाला कोमल र सुन्दर बन्दछ । यसमा कागतिको रस मिसाएर अनुहार, गर्दन, जस्ता अंगहरुमा लगाउँदा सुन्दरतामा निखारता आउँछ । साथै दहीको लस्सीमा मह मिसाएर खाएमा सुन्दरता बढ्न थाल्छ ।


७. कपालको सुन्दरता


दही या तरले कपाल धोएमा कपाललाई सुन्दर र आकर्षक बनाउन सहयोग पुग्छ । यसका लागि नुहाउनु अघि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्ने हुन्छ । त्यसको केही समय पछि कपाल धुँदा कपालको सुख्खापन निख्रिन्छ ।


८. पसिनाको दुर्गन्ध हटाउन


दहीमा बेसनको मिश्रणले शरीरमा मालिस गर्नुस् । त्यसको केही बेरपछि नुहाउनुस् । यसले पसिनाको दुर्गन्ध कम हुँदै जान्छ ।


९. बच्चाको दाँत निकाल्न


भर्खरै दाँत आउन लागेका बच्चालाई दहीमा मह मिसाएर चटाउनुस् । यसले दात सजिलै निस्कन मद्दत गर्छ ।


१०. अनिद्रा हटाउन


रातमा निद्रा नलागरेर चिन्दामा हुनुहुन्छ भने पनि दही वा तरको नियमित सेवनले अनिद्राको समस्या बिस्तारै कम हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस