राष्ट्र बैंकले तोक्यो कल निक्षेप सीमा, बैंक तथा वित्तीय संस्थाहरुलाई कडाई गरिँदै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपमा सीमा तोकिदिएको छ । 

'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले कुल निक्षेप दायीत्वमा कल निक्षेपको अंशको सीमा तोकिदिएको हो । 

यसअघि यस्तो सीमा तोकिएको थिएन । कतिपय बैंकहरुले कुल निक्षेप दायीत्वको ३० प्रतिशतसम्म कल निक्षेप स्वीकार गर्ने गरेका थिए । यस्तो प्रवृतिले जोखिम ल्याउने निश्कर्षसहित मौद्रिक नीतिमा भएको व्यवस्थालाई केन्द्रीय बैंकले सर्कुलरमार्फत लागू गरेको हो । 

नयाँ व्यवस्था अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायीत्वको १० प्रतिशत र ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायीत्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन । 

तर, यो परिपत्र जारी हुँदाका बखत तोकिएको सीमाभन्दा बढी प्रतिशत कल निक्षेप भएका बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्ममा यो सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ । 

यस्तै, परिपत्र जारी भएको समयमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा तोकिएको सीमाभन्दा बढी कायम रहेको कल निक्षेपको अंशभन्दा बढी हुने गरी थप कल निक्षेप स्वीकार गर्न समेत राष्ट्रबैंकले रोक लगाएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७५ को  इ.प्रा. निर्देशन नं. १६/०७५ को बुँदा नम्बर २ मा यसअघि ‘संस्थागत निक्षेप संकलन सीमा’को विषयमा दुई बुँदे व्यवस्था गरिएको थियो । जसअनुसार इजाजतपत्रप्राप्त संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १५ प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउने भन्ने एउटा बुँदा थियो भने अर्को बुँदा कुल निक्षेपमा सरकारी संस्था एवम्संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश ४५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने उल्लेख थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...