गर्मीको मौसममा नरिवल पानी अति उत्तम हुन्छ, यस्ता छन् यसका फाईदा

काठमाडौं । गर्मीको सिजन सुरु भइसकेको छ । यस्तो गर्मीको सिजनमा तपाईले आफ्नो शरीरलाई तन्दुरुस्त तथा शितल राख्न चाहनुहुन्छ भने त्यसको लागि नरिवलको पानी फाइदामन्द साबित हुनसक्छ गर्मीमा नरिवलको पानी सेवन गर्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ

नरिवल पानी पिएर बाहिर निस्कदा तातो हावाबाट तपाईलाई सुरक्षित राख्न मद्दत गर्छ । साथै यसले लु लाग्ने समस्याबाट पनि बचाउँछ । त्यस्तै नरिवलको पानी सेवन गर्दा शरीरलाई चिसो बनाउन तथा तापक्रमलाई ठीक बनाइराख्न मद्दत गर्छ ।

इनर्जीको बेस्ट सोर्सः 

नरिवल पानीको विशेषता भनेको शरीरलाई चिसो बनाउनुका साथै शरीरको तापमानलाई ठीक बनाउनु हो । त्यस्तै नरिवलको पानीलाई इनर्जीको राम्रो श्रोतको रुपमा पनि लिइन्छ । धेरै व्यायम गर्नेहरुले नरिवल पानी पिउनु निकै लाभदायी मानिन्छ । व्यायमपछि पिउनु उत्तम हुन्छ ।

मिनरल्स र पोटासियमबाट भरिपूर्णः

नरिवल पानीमा क्याल्सियम, म्याग्नेसियम, र पोटासियम भरपुर पाइन्छ, यसले ब्लड सर्कुलेशनलाई बढाउँछ । यो एक इलेक्ट्रोलाइट ड्रिंक हो, जसले शरीरलाई रिहाइड्रेड गर्छ । यदि तपाईको पाचन प्रणालीमा गडबडी भएमा पनि नरिवल पानी पिउनु राम्रो मानिन्छ । यसमा एन्टी वाइरल र एन्टी ब्याक्टेरियल प्रोपर्टिज पनि हुन्छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...