यसकारण आउँछ अनुहारमा चाया–पोतो, यस्ता छन् हटाउने उपायहरु

काठमाडौं, जेठ  । चाया पोतोले हैरान बनाएको छ? हैरान बनाए पनि तनाव भने लिनु हुन्न । तनावले त झन् चाया पोतोको समस्या अझ बढ्छ । छालाको समस्या लिएर स्वास्थ्य जाँच गर्न पुग्नेमध्ये ९० प्रतिशत महिला र १० प्रतिशत पुरुष हुन्छन् । चायापातो विशेषगरी अनुहारमा आउँछ । अनुहारमा आउने चायापोतो नाक, गाला, आँखीभौँमाथि, निधार जस्ता ठाउँमा आउँछ । जसले अनुहार नै कुरुप बनाइदिन्छ ।


छालामा कालो रंग बनाउने कोषिका हुन्छन् । जसलाई मेलानोसाइट्स भनिन्छ । यी कोषिका बढी सक्रिय हुँदा आउने परिवर्तन नै चायापातो हो । मेलानोसाइटको घनत्व शरीरको अन्य भागमा भन्दा अनुहारमा बढी हुने भएकाले अनुहारमा बढी यसको असर पर्ने सभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा.रवीन्द्र शर्माले बताए ।


६ महिनादेखि एक वर्षसम्म सन ब्लक क्रिम प्रयोग गर्दा पनि चाया पोतो नहटे थप उपचार गर्नुपर्ने शर्मा बताउँछन् । केमिकल पिल्सले छालाको बोक्रा निकालेर सफा गरिन्छ । बोक्रा गएपछि सफा किसिमको भित्री छाला आउन मद्दत गर्छ । र, चायापोतो हट्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...