के तपाई ग्यास्ट्रिकबाट ग्रसित हुनुहुन्छ ? खानपानमा यसरी ख्याल गर्नुस्

काठमाडौँ।  पेटमा हुने एकप्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ । हाम्रो पेटमा एक किसिमको एसिड (अम्ल) उत्पादन हुन्छ, जसले खाना पचाउनेदेखि खानासँगै पेटमा गएका ब्याक्टेरियालाई मार्नेसम्मको काम गर्छ । यदि पेटमा अम्ल उत्पादन बढी भएमा त्यसले तन्तु जलाउँछ । जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भएको भनिन्छ । 

हुने कारण

ग्यास्ट्रिक हुनुको प्रमुख कारण खानपानमा गडबडी नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा खाना नै नखाने, बढी मसालेदार खाना खाने गर्नाले ग्यास्ट्रिक हुने गर्छ ।


त्यस्तै, धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ ।


फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।


दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि पनि ग्यास्ट्रिकको कारक हुन सक्छ । खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ ।


सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवनका कारणसमेत ग्यास्ट्रिक हुन्छ ।


कहिलेकाहीँ तनावका कारणले समेत यस्तो समस्या देखिन्छ । पेटको र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुने गर्छ ।

  

बच्ने उपाय

समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।


यसबाहेक अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ ।


रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले यसबाट बच्न सकिन्छ ।

प्रतिकृया दिनुहोस