तामाबाट बन्छन् यी परिकार, जानीराख्नुस

 काठमाडौं । बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पु-याउँछ । जाडोमा तामाको सुप खानु झनै फाइदाजनक छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

के–के परिकार ?
नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् ।

बनाउने विधि

  • बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्याउने र स–साना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ । 
  • परम्परागत रूपमा भने तामालाई प्लास्टिकको झोलामा जमिनमुनि महिनौँसम्म गाडेर राख्ने चलन छ । तर, व्यावसायिक रूपमा उत्पादन गर्नेले भने एयर टाइट बोटलमा भिनेगर हालेर सुरक्षित राख्छन् । अनि, ट्याग लगाएर बिक्री गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...