सामूहिक हत्या प्रकरणः पाँचथरसँग सिमा जोडिएका सबै नाकामा प्रहरी परिचालन

झापा । ९ जनाको विभत्स हत्या भएको सार्वजनिक भए लगत्तै हत्यारा उम्कन नदिन पाँचथर जिल्लासँग जोडिएका सबै नाका र भारतीय बोर्डरमा २ सय भन्दा धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पाँचथरको मिक्लाजुङमा गएराति ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्यारा गरेर फरार भएको सुचना आए लगत्तै प्रदेश प्रहरी, विराटनगर, झापा प्रहरीको एक विषेश टोली पाँचथर गएको प्रहरीले जनाएको छ ।

झापाका प्रहरी प्रवत्ता महेन्द्र श्रेष्ठले भने, ‘झापासँग सिमा जोडिएका इलाम र पाँचथर तथा भारतको सिमा जोडिएका बोर्डरमा २ सय भन्दा धेरैै प्रहरी हाइ अलर्टमा राखिएको छ । जिल्ला भित्रिने र बाहिरिने सबैसँग खानतलासी र चेक जाँच बढाइएको छ ।’

इलाका प्रहरी कार्यालय दमक झिलझिले, विर्तामोड, काँकडभिट्टा र वुधबारेलगायतका धेरै प्रहरीहरु इलाम र पाँचरको बोर्डरमा परिचालन गरिएको छ । यसैगरी भारतसँग सिमा जोडिएका सबै ठाउँमा सादा र बर्दिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

पाँचथरको मिक्लाजुङमा गएराति ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूका अज्ञात व्यत्तीले हत्या गरेको थिए । ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

प्रतिकृया दिनुहोस