मन्त्रिपरिषद्को बैठकले लोकसेवाको प्रस्ताब पास गर्यो,अब चाही लोकसेवा खुल्ने यसरी भयो पक्का

काठमाडौँ ।  स्थानीय तहका लागि लोक सेवा खोल्नेबारे बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद्को आज बसेको बैठकले पास गरेको छ । अब त्यसको जानकारी सहितको पत्र लोकसेवा पुगे पछी बिज्ञापन गर्ने बाटो खुल्ने भएको छ । 

 मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताब पारित गरे संगै  जेठ ८ गते बुधबार लोकसेवाले बिज्ञापन गर्ने निश्चित भएको हो । 

स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित आयोगले पठाएको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । अब विभिन्न पदका लागी १३ हजार हाराहारीमा कर्मचारीको माग गर्दै बुधबार बिज्ञापन हुने भएको हो ।

प्रतिकृया दिनुहोस