लापरवाही गर्दा रेबिजले थाहा नै नपाई लिँदैछ ज्यान

काठमाडौं । शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ । कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पु¥याएको छ । 

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा।वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताए । सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उनको भनाइ छ । 

डा।पाण्डेले दुर्घटनामा भएको मृत्यु, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर भएको मृत्युलाई सहन सकिने भन्दै तर रेबिज लागेर मृत्यु भएको घटना सहन धेरै गाह्रो पर्ने बताए । 

जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पु¥याइरहेको हुन्छ ।  गोरखापत्र दैनिकबाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...