स्वास्थ्य बिमामा आबद्ध हुनेले एक लाख रुपैयाँसम्मको उपचार सुविधा

काठमाडौं । यो महिनादेखि स्वास्थ्य बिमामा आबद्ध हुने बिमितले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउन थालेका छन्।

जेठ महिनाभन्दा अगाडि स्वास्थ्य बिमा आबद्ध हुनेले वार्षिक ५० हजार रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाउँदै आएका थिए।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार दुई महिनाअघि पारित भएको स्वास्थ्य बिमा नियमावलीले तोकेको सुविधा यसअघि नै  २०७६ जेठदेखि लागू हुने भएपछि स्वास्थ्य बिमामा आबद्ध भएकाहरूले एकबराबरको उपचार सेवा पाउन थालेका हुन्।

बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले भने, ‘ बिमा लागू भएका ४५ जिल्लाका बिमितहरूलाई एक लाखबराबरको सेवा सुविधा  दिन थालिएको हो।‘

उक्त नियमावलीले ५० हजार रुपैयाँसम्मको उपचार सुविधालाई बढाएर १ लाख पुर्‍याएको थियो। यस्तै, वार्षिक तिर्नुपर्ने रकम ९प्रिमियम० प्रतिपरिवार २ हजार ५ सयबाट बढाएर ३ हजार ५ सय पुर्‍याएको छ। नियमावलीले ७० वर्षमाथिका ज्‍येष्ठ नागरिकलाई १ लाख रुपैयाँसम्मको बिमा निस्शुल्क गरिदिने व्यवस्था गरेको छ।

कार्यकारी निर्देशक पोखरेलले भने, ‘गत १ जेठदेखि बिमामा आबद्ध हुने परिवारले प्रतिपरिवार ९५ जना सदस्य भएका० ३ हजार ५ सय रुपैयाँका दरले प्रिमियम र वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्। ज्‍येष्ठ नागरिकले पाउने सुविधा पनि १ जेठदेखि नै कार्यान्वनयमा ल्याइएको छ।’

नले त्यसअघि वार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर सदस्य बनेकाहरूले भने एकवर्षे अवधि नसकिँदासम्म वार्षिक ५० हजार रुपैयाँसम्मको सुविधा पाउनेसमेत बताए।

नेपालमा अहिलेसम्म ४५ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको छ। अबको केही दिनमै मुगु स्वास्थ्य बिमा लागू गर्ने ४६ औँ जिल्ला हुनेछ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...