किन आजभोली छोरीभन्दा छोरा बढी जन्मिरहेका छन् वास्तविकता यस्तो रहेछ

काठमाडौं । प्रत्येक वर्ष इंग्ल्यान्ड र वेल्समा छोरीभन्दा छोरा बढी जन्मिरहेका छन् । किन त ?सन् १८३८ मा रेकर्ड राख्न थालिएदेखि प्रत्येक वर्ष च्याँ गर्ने शिशुमा छोराकै संख्या बढी छ ।

यो एक वर्षको मात्र कुरा हैन । रानी भिक्टोरियाको शासनकालदेखि नै छोरीहरूको तुलनामा छोराहरू बढिरहेका छन् ।

सन् २०१७ मा इंग्ल्यान्ड र वेल्समा उदाहरणका लागि तीन लाख ४८ हजार ७१ छोरा जन्मिएकोमा तीन लाख ३१ हजार ३५ छोरी जन्मिए । यो भनेको १७ हजारजतिको फरक हो ।

प्रत्येक वर्ष जन्मिने छोरीको तुलनामा छोराको संख्यामा वृद्धिको यो संरचना लगभग १८० वर्षदेखि देखिँदै आएको छ ।


वास्तवमा प्रत्येक १०० छोरीमा १०५ छोराको जन्म अनुपातलाई सामान्यतया प्राकृतिक मानिन्छ । यो अनुपात चीन र भारत जस्ता देशमा बढी छ किनकि छोरालाई त्यहाँ बढी प्राथमिकता दिइन्छ ।

अचम्मको कुरा त, यो अनुपात १७औं शताब्दीदेखि छ ।

यो अनुपात किन अस्तित्वमा छ भन्ने कुरा पूर्णतया बुझिएको छैन तर यससम्बन्धमा अनेकौं सिद्धान्त छन् ।

विकासक्रम

पहिलो सिद्धान्त विकासक्रममा आधारित छ । त्यसअनुसार, वयस्क अवस्थामा पुरुष र महिलाको संख्या बराबर बनाउनका लागि अलिक बढी पुरुषको जन्म हुनुपर्छ ।

त्यो किनभने पुरुष हुनु खतरनाक काम हो । महिलाका तुलनामा पुरुषको मृत्यु बालककाल र जीवनका अन्य चरणमा हुने सम्भावना बढी रहन्छ र यसमा दुर्घटना, जोखिम मोल्ने बानी, आत्महत्या र स्वास्थ्य समस्या कारणका रूपमा रहेका हुन्छन् ।

‘प्रत्येक उमेरमा जुनसुकै समय र स्थानमा महिलाभन्दा पुरुष मर्ने सम्भावना बढी हुन्छ,’ प्राध्यापक डेभिड स्टेनसाल्ज बताउँछन् । उनी अक्सफोर्ड विश्वविद्यालयमा तथ्यांक विषयका एसोसिएट प्राध्यापक हुन् ।

यो सिद्धान्त अनुसार, त्यसैले जीवनको शुरूआतमा महिलाभन्दा पुरुषको संख्या बढी हुनु भनेको वयस्क अवस्थामा पुरुष र महिलाको संख्या बराबर हुनु हो । वास्तवमा बेलायतमा वयस्क महिला वयस्क पुरुषभन्दा बढी नै रहेको र धेर बाँच्ने गरेको राष्ट्यि तथ्यांक कार्यालयको आँकडाले देखाउँछ ।

वीर्य र समय

महिलाको डिम्ब सेचन गर्नका लागि हुने दौडमा ९वाई क्रोमोजोम बोक्ने० पुरुष वीर्य कि ९एक्स क्रोमोजोम बोक्ने महिला वीर्य पहिलो हुन्छ भन्ने विषयमा विभिन्न तत्त्व रहेका हुन्छन् ।

त्यसमा मातापिताको उमेर, महिलाको डिम्बोत्सर्जन चक्र, दबाबको स्तर र यौन आसन लगायत पक्ष पर्छन् ।

एक लोकप्रिय सिद्धान्त के पनि छ भने डिम्बोत्सर्जनभन्दा कैयौं दिनअघि यौनकर्म गर्दा छोरी पाउने सम्भावना बढी हुन्छ । अनि त्यसपछि यौनकर्म नगर्दा बढी बाँच्ने तर पुरुष वीर्यभन्दा कम गतिमा पौडने महिला वीर्य बढी समय

रहिरहन्छ ।

यसको विपरीत डिम्बोत्सर्जनको समय वरपर यौनकर्म गर्दा राम्रोसँग पौडने वीर्य डिम्बमा छिटो पुग्छ र छोरा जन्मिन्छन् ।

मातापिताले यी तरिकाहरूको गुणगान गरेपनि वैज्ञानिकहरूले यस्ता कुराले फरक पार्ने विषयमा खासै प्रमाण नरहेको बताएका छन् ।

केही अनुसन्धानहरूले के देखाएका छन् भने मातापितामा दबाब हुँदा बढी छोरी जन्मिन्छन् भने युद्ध र द्वन्द्वका समयमा बढी छोरा जन्मिन्छन् ।

गर्भमा जीवन

यौनकर्मलाई योजना बनाएर गर्दा लिंगनिर्धारणमा प्रभाव पार्दैैन भने गर्भाधानको समयमा केही अन्य क्रियाकलाप हुन्छ त ?

महिला र पुरुष उत्पादन गर्ने वीर्यको समान संख्या छ भने र लगभग उत्तिकै गर्भधारण हुन्छन् भने महिला भ्रूण बढी संख्यामा हराएर पुरुष भ्रूणलाई बढी संख्यामा राख्छन् ।

केही अनुसन्धानहरूले गर्भाधानको शुरूआतमा गर्भमै महिला बढी मर्ने सम्भावना हुने देखाएका छन् तर अन्य अध्ययनले पुरुष भ्रूण गर्भवती अवस्थाको अन्त्यतिर बढी कमजोर हुने र जन्मिनुअघि नै मर्ने देखाएका छन् ।

वैज्ञानिकहरूले ठ्याक्कै के हुन्छ र यसका कारण के हुन् भनी खुट्याउन गाह्रो हुने बताएका छन् । हामीलाई के चाहिँ थाहा छ भने पुरुष भ्रूणहरू बढी विकसित हुन्छन् र बढी पुरुष शिशु जन्मिन्छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...