कुन कुन अवस्थामा अदुवा सेवन गर्नु हुदैन ,सेवन गरेमा विष जतिकै घातक बन्न सक्छ

काठमाडौं । अदुवा स्वाद र स्वास्थ्यका लागि निकै लाभदायक छ । आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनजस्ता पोषक तत्व भरिपूर्ण अदुवा सेवन ठण्डी महिनामा एकदमै राम्रो हुन्छ । आयुर्वेदमा पनि अदुवाको धेरै गुणहरु व्याख्या भएका छन् । यसका धेरै फाइदाहरु छन् तर शरीरकको कुनै अवस्थामा यसको सेवन विष जतिकै घातक बन्न सक्छ ।

शरीरको तौल कम भएका मानिसहरुले कहिल्यै अदुवा सेवन गर्नु हुँदैन । अदुवाले भोक कम गर्छ र तौल बढ्न दिदैन ।

हिमोफिलीयाबाट ग्रसित मानिसहरुका लागि अदुवा सेवन विष जतिकै घातक हुन्छ । अदुवाको सेवनले रगत पातलो हुन्छ जसले त्यस्ता रोगीहरुका लागि थप नकरात्मक असर पार्छ ।

गर्भवस्थाका सुरवाती दिनहरुमा अदुवाको सेवन राम्रो मानिन्छ किनभने यसले मर्निङ सिकनेस र कमजोरीलाई टाढा राख्छ । तर जति डेलिभेरी समय नजिक हुन्छ महिलाहरुले अदुवालाई आफुबाट टाढा राख्नुपर्छ । यसले प्रीमेच्योर डेलिभेरीको खतरा बढाउँछ ।

पायल्स तथा कब्जियतका विरामीहरुका लागि अदुवाको सेवन घातक हुन्छ । यी विरामीहरुले अदुवायुक्त खाना सेवन गर्नु हुँदैन । निरन्तर औषधी सेवन गरिरहेका मानिसहरुले अदुवाबाट आफुलाई टाढा राख्दा राम्रो हुन्छ । किनभने औषधीमा पाइने ड्रग्स जस्तो बेटा ब्लाँकर्स, एंटीकोगुलैंट्स र इन्सुलिन अदुवासँग मिलेमा विष बन्दछ । यसले शरीरमा नकरात्मक असर पार्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...