नृत्य गर्नुका धेरै छन् फाईदा, जानी राख्नुस

काठमाडौं । खालि कला र मनोरञ्जनका लागि नभएर नाच्नु स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायी मानिन्छ । आजभोलि स्कुल, कलेजसँगै राजनीतिक र सामाजिक कार्यक्रममा समेत नृत्य अनिवार्यजस्तै भइसकेको छ । अब जानौँ नाच्नुका फाइदा ?

फिटनेस: दैनिक करिब १ घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट समेत टाढा रहन सकिन्छ । नाच्दा सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ । बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ । किनकि, यो समयमा पूर्ण व्यायाम हुन्छ । नियमित नृत्य गरेमा रक्तसञ्चार राम्ररी भई शरीरको समग्र वृद्धि–विकासमा समेत मद्दत पुग्छ ।

मुड फ्रेस: नृत्यले शरीरमा सकारात्मक ऊर्जा पैदा गर्छ । एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा रहन सकिन्छ । विशेषगरी, संगीतअनुसार नृत्य गर्दा मन शान्त रहने र मस्तिष्कलाई क्रियाशील बनाउने विज्ञहरूको तर्क छ । 

तनाव व्यवस्थापन: नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ । खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ । साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पु¥याउनुका साथै शरीरमा स्फूर्तिसमेत महसुस गराउँछ ।  

आत्मविश्वास: नाच्दा आत्मविश्वास बढ्छ । शरीरमा छुट्टै किसिकको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत दूर हुन्छ । 

ग्याजेटमोह भंग: आजभोलि प्रत्येक मानिसले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गरेको पाइन्छ । यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । बालबालिकालाई ग्याजेट चलाउन कम गराउन, पढाइको बोझ कम गर्न र फ्री महसुस गराउन नृत्य सिकाउन आवश्यक छ । यसले बालबालिकाको स्मरणशक्तिसमेत बढाउँछ ।  

प्रतिकृया दिनुहोस