सूर्तीजन्य पदार्थका विरुद्ध ऐन कडाईका साथ लागु गर्न माग

काठमाडौं । हजारौं मानिसलाई क्यान्सर लगायतका नसर्ने रोगबाट बचाउन सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ को प्रभावकारी रुपमा लागु गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

ललितपुरस्थित क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले बुधबार आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा सहभागीहरुले सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ कडाईका साथ लागु गर्न सके क्यानसर लगायतका नसर्ने रोगको रोकथाम गर्न सकिने बताए ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले सरकारले कडाईका साथ सो ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपालमा प्रत्येक वर्ष ३५ हजारले सुर्तीजन्य पदार्थको सेवनको कारणले अकालमा ज्यान गुमाउनुपरेको छ । सुर्ति सेवनबाट लाखौं रुपैयाँ क्यान्सर तथा नसर्ने रोगहरुको उपचारमा खर्चिनुपर्ने बाध्यतात्मक अवस्था रहेको उनले बताए । 

‘दिनदिनै सुर्तीजन्य पदार्थको उपयोग बढिरहेको विभिन्न अध्ययन तथा अनुशन्धानले देखाएको छ । यो अत्यन्तै दुःखदायी कुरा हो । यसप्रति सरकार सचेत हुनुपर्छ’ उनले भने, ‘पर्याप्त ज्ञानको अभावका कारण र साथीहरुको गलत संगतले गर्दा किशोरकिशोरीहरु सुर्तीजन्य पदार्थको सेवनको लतमा लागेका छन् । यसबाट उनीहरुलाई मुक्ति दिलाउन सरकारले अब कडाईका साथ प्रस्तुत हुनुपर्छ ।’

कार्यक्रममा काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर लगायतका नसर्ने रोगहरुको रोकथामको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि जोड दिनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाटै सशक्त अभियानको रुपमा विभिन्न प्रभावकारी कार्यक्रमहरु चलाउनुपर्ने पनि जोड दिए ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका बजार प्रबन्धक सुदर्शनराज गुरुङले प्रत्येक नेपाली वित्तिय रुपमा सवल बन्नुपर्नेमा जोड दिए । गुरुङले सुर्तीजन्य पदार्थको सेवन गर्नुको साटो बचत गर्ने बानी बसाल्नतर्फ पनि युवा पुस्तालाई प्रोत्साहन गरेका थिए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...