किन गरियो मन्त्री यादवलाई कार्यकक्षमै हातपात ?

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई आफ्नै कार्यकक्षमा झण्डै हातपात भएको छ । सरुवाको विषयलाई लिएर झण्डै हात हालाहालको अवस्था सिर्जना भएको मन्त्रालय निकट स्रोतको दाबी छ ।

सिंहदरबारस्थित कार्यकक्षमा कांग्रेस निकट कर्मचारी संगठनका सरकारी कर्मचारीले मन्त्रीको कार्यकक्ष र सचिवालयमा वादविवाद गर्दा हातपात भएको हो ।

कर्मचारी सरुवा र पदस्थापनको विषयमा असन्तुष्ट कर्मचारीले मन्त्रीको कार्यकक्षमा गएर विवाद गरेपछि तनाव उत्पन्न भएको मन्त्रालयका एक अधिकारीले जनाएका छन् । मन्त्रीको सचिवालयमा गएर निजी सचिव प्रेम आचार्यसँग वादविवाद गरेपछि असन्तुष्ट कर्मचारीले मन्त्रीकै कार्यकक्षमा गएर विवाद गर्न खोजको जनाइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...