अब युरोपमा पनि वैदेशिक रोजगारीको बाटो खुल्दै

यी देशसँग हुँदैछ सरकारीस्तरमै श्रम सम्झौता

काठमाडौँ । नेपालले युरोपियन मुलुकमा कामदार पठाउने भएको छ । ती युरोपका देशमा सरकारी स्तरबाटै कामदार पढाउने सझौता हुने जनाइएको छ । नेपाल सरकारले टर्की र पोल्यान्डसँग सरकारी स्तरमै सम्झौता गर्नेभएपछि यस्तो सम्भावना देखिएको हो ।

यसको लागि नेपाल सरकारले टर्की सरकारसँग श्रम समझदारी (एमओयू) पनि साटासाट गरिसकेको छ भने पोल्यान्ड सरकारलाई पनि मस्यौदा पठाउने तयारीमा छ । टर्की सरकारले प्राविधिक र गैर–प्राविधिक क्षेत्रमा नेपाली कामदार लैजान खोजेको हो । यसका लागि संवाद जारी रहेको बुझिएको छ ।

नेपाल सरकारले के–के समेटिदैछ मस्यौदामा

–सरकारी स्तर जिटुजी बाट नै कामदार पठाउने

रोजगारदाताले निम्न कुराको शुल्क व्यहोर्न पर्ने

 भर्ती गर्दा लाग्ने शुल्क

 दुई तर्फी टिकट

 भिसा शुल्क

 स्वास्थ्य परीक्षण शुल्क

 कामदार छनौटमा लाग्ने शुल्क

 लेभी शुल्क

कामदारलाई खाने बस्ने सुविधा पनि रोजगारदाताले नै दिनुपर्ने

कामदार सुरक्षाको पनि ध्यान राख्नुपर्ने

पहिले पनि यी देशहरूमा नेपाली कामदार नगएका भने होइनन् । तर कामदार भिसामा जान चर्को शुल्क तिर्नुपर्ने, ठगीमा पर्ने, नक्कली कागजात बनाएर जाने, आदि समस्या देखिएका थिए । अब सरकारी स्तरबाट नै कामदार पठाउने भएपछि यस्ता समस्या न्यूनीकरण हुनेछ र नेपाली कामदार लावान्भित हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...