बेरोजगारलाई खुसीको खवर : २ महिनाभित्रै एक लाखभन्दा बढीले रोजगार पाउने

बेरोजगारलाई खुसीको खवर : २ महिनाभित्रै एक लाखभन्दा बढीले रोजगार पाउने

काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? उसो भए सरकारले अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगार युवाका लागि रोजगारीको व्यवस्था गर्दैछ ।

सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाखभन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो । 

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकेको छ । बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ ।

बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्रसमेत भइसकेको छ । यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकेपछि एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाएको छ ।

स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो । 

सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय गरिसकेको छ ।

https://drive.google.com/file/d/1MRtMgRRVCjGW8ntgkWt7Eqawgu0sfyyq/view


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...