राष्ट्र बैंकको प्रवक्तामा निरौला नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला प्रवक्ता नियुक्त भएका छन् । निरौला राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । 

नियमन विभागका प्रमुख रहेका नारायण पौडेल ३० वर्षे अनिवार्य अवकाशका कारण २५ वैशाखदेखि बिदा बसेपछि रिक्त रहेको प्रवक्त्ता पदमा कार्यकारी निर्देशक निरौलालाई नियुक्त गरिएको हो ।

निरौला २०४६ सालमा राष्ट्र बैङ्कको सेवामा प्रवेश गरेका थिए । विभिन्न विभागमा कार्यकारी निर्देशक भएर काम गरिसकेका पौडेल कुशल निर्देशकका रूपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...