प्रधानमन्त्रीले म परेको ब्यहोर्छु जसरी हुन्छ कर्मचारीको तबल २५ प्रतिशत बढाउनु भने पछी अर्थमन्त्री तात्तिए

काठमाडौँ ।  बिगत दुई बर्षदेखि कर्मचारीहरुको तलब नबढेको भन्दै कर्मचारीहरुले तलब बढाउन तिव्र लबिग गरिरहेका छन् । कर्मचारीहरुको लबिग अनुरुप आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ ।

आगामी आवको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाई आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ । र प्रधानमन्त्री ओलीले अर्थमन्त्रीलाई म परेको ब्यहोर्छु जसरी हुन्छ कर्मचारीको तबल २५ प्रतिशत बढाउनु भने पछी बढ्ने निश्चित भएको हो । 

मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ । तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले बताए ।

कर्मचारीको तलब वृद्धि तीन वर्षदेखि भएको छैन । बजारको महंगीअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । कर्मचारीको तलब बढेसँगै मंहगी समेत त्यही अनुपातमा बढ्ने हुँदा सर्वसाधरण भने मारमाथि मारमा पर्नेछन् ।


प्रतिकृया दिनुहोस