वेलैमा चिनौँ स्तन क्यान्सर, नत्र हुन सक्छ यस्तो खतरा

काठमाडौं । मानव शरीरमा रहेका कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकताअनुसार हुन्छ । तर, कहिलेकाहीँ स्तनमा अनावश्यक रूपमा कोष वृद्धि हुन थाल्छ । यस्तो हुँदा क्यान्सरको जोखिम हुन्छ । कोषमा आउने अनावश्यक परिवर्तनका कारण स्तनमा गिर्खा, गाँठागुठी, घाउ निस्कने हुन्छ । जसलाई स्तन क्यान्सर भनिन्छ । शारीरिक रूपमा कम सक्रिय हुनु, व्यायामसमेत नगर्ने भएका कारण स्तन क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढ्दो छ । 


लक्षण

  • फोका उठ्नु स्तन क्यान्सरको पहिलो लक्षण हो । स्तनमा डल्ला आउँदैमा क्यान्सर भइसकेको भने हुँदैन । स्तनमा भेटिएको गिर्खा कडा हुँदै गएमा, नहल्लिने भएमा र बढ्दै गएमा स्तन क्यान्सरको लक्षण हो भन्ने बुझ्नुपर्छ ।यदि त्यो डल्ला सामान्य रूपमा चल्ने छ भने त्यो हाइड्रो एडिडोमाको लक्षण हो । जुन सामान्य उपचारबाटै निको हुन्छ ।

  • स्तनमा दाग देखापर्नु, मुन्टा भित्र जानु र छालामा निको नहुने घाउ आउनु आदि पनि स्तन क्यान्सरका लक्षण हुन् ।

कारण

  • सामान्यतया स्तनवरिपरि गिर्खा वा गाँठागुठी आएमा क्यान्सर नै भइहाल्ने हो कि भन्ने सोचिन्छ । तर, नरम गाँठा आउनासाथ क्यान्सर भइसकेको हुँदैन । वंशाणुगत गुण, जंकफुड खाँदा, मदिरा वा सुर्तीजन्य पदार्थ सेवन गर्दा शरीरमा रोगसँग लड्ने क्षमतामा कमी आउँछ । अनि, क्यान्सर हुने सम्भावना रहन्छ ।
  • हर्मोनमा गडबडी आउनु, परिवार नियोजनको साधन पिल्सको अत्यधिक प्रयोग गर्नु वा जिनमा खराबी आएमा स्तन क्यान्सर हुन्छ । यस्तै, लामो समयसम्म बच्चालाई दूध नखुवाउनु, बाँझोपन तथा महिनावारी गडबडी पनि स्तन क्यान्सरका कारण हुन् ।

उपचार

  • क्यान्सर भएको झट्टै थाहा नहुने हुँदा स्तनको नियमित जाँच गराइराख्नु नै बुद्धिमानी हुन्छ । स्तनमा गाँठा देखिँदा महिनावारीको कारणले भएको हो भन्ने भ्रम व्याप्त छ । यस्तो भ्रम पाल्ने कारण स्तन क्यान्सर भएको ढिलो पत्ता लाग्ने गर्छ । अनि, रोग जटिल हुँदै जान्छ । तसर्थ, स्तनमा गाँठागुठी आएमा तुरुन्त चिकित्सककहाँ जान जरुरी छ । 

  • स्तन क्यान्सरको उपचार यसको आकार र अवस्था हेरेर हुन्छ । महिनावारी हुनुअघि र पछिका छुट्टाछुट्टै विधि छन् । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी तथा टार्गेटेड थेरापीबाट क्यान्सरको उपचार गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...