यसरी गर्नुस् गर्मीमा छालाको हेरचाह, नत्र...

अब विस्तारै गर्मी बढ्न थालेकाे छ । अबकाे समय भनेकाे हामीले हाम्राे स्वास्थ्यकाे विशेष चासाे राख्नुपर्छ ।  अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ । यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन् ।


सूर्यको किरणले छालालाई केही असर नगरोस् भन्न यसको हेरचाह र ख्याल राख्नुपर्ने हुन्छ । गर्मी मौसममा विशेष गरी तापक्रम बढी हुने हुँदा शरीरमा पसिना बढी आउँछ ।


पसिनाले गर्दा छालामा प्रभाव पार्दछ । जसका कारण फंगल इनफेक्सन हुने, दाद, दुबी, छाला बाक्लो हुने, घमौरा आउने, छालामा घाउ हुने र चिलाउने समस्याहरू देखिन्छन् । सूर्यको किरण सिधै पर्दा चाँडै चाउरी पर्ने समस्या पनि देखिन्छ ।


यसरी गर्नुहोस् छाला हेरचाह

– बाहिर धेरै गर्मी हुँदा लोशन पसिनासँगै बगेर जान्छ । त्यसकारण घाममा निस्कनुभन्दा आधा घण्टा पहिले नै सनस्क्रिम लगाउनुहोस् ।

– सकेसम्म छायाँमा उभिनुहोस् ।

– घरबाट बाहिर निस्कँदा छाता ओडने, क्याप लगाएर हिँड्ने वा हातलाई सुतीको कपडाले ढाकेर निस्कनुहोस् ।

– नियमित रुपमा व्यायाम गर्नुहोस् ।

– प्रशस्त पानी पिउने तथा सन्तुलित भोजन गर्ने बानी बसाल्नुहोस् ।

– कामबाट फर्केपछि शरीर नुहाउने वा सफा गनुहोस् ।

– आफ्नो छालाअनुसारको सनब्लक क्रिमको प्रयोग गनुहोस् ।

– हाइ केमिकल भएको साबुनको प्रयोग नगनुहोस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...