‘चुइङगम’ ले तौल घटाउँछ की बढाउँछ ? जानी राख्नुस्

काठमाडौं । तौल नियन्त्रण गर्न चाहनेहरुले ‘चुइङगम’ बाट कसरी फाइदा उठाउन सक्छन् ? हो चुइङगमले तौल घटाउन मद्दत गर्न सक्नेबारे थुप्रै दाबी गरिएका छन् तर यसको अर्थ हामीले एकदुईवटा चुइङगम खाँदैमा शरीरको क्यालोरी चामत्कारिक रुपमा घटिहाल्नेछ भन्ने चाहिँ होइन र यसले हामीले सेवन गरिसकेको अनगिन्ती क्यालोरीलाई पूर्ववत् गर्न पनि सक्दैन । तरपनि कतिपय मानिसहरुलाई यसले दिउँसो वा मध्यरातमा अतिरिक्त क्यालोरी सेवन गर्नबाट जोगाउन सक्छ ।


धेरै अवस्थामा शारीरिक व्यायाम गरिरहँदा वा डायट गर्ने चाहाना हुँदा हुँदैपनि हामीले आफूलाई आइसक्रिम, चकलेट, चिप्स लगायत अतिरिक्त क्यालोरी सेवन गर्नबाट रोक्न सक्दैनौँ । यस्तोमा हामीले तिनको सट्टामा चुइङगम चबाउँने गर्यौँ भने हामीमा खाने चाहाना घट्ने र त्यसैबाट सन्तुष्ट हुन सकिने डाइटिसियन खाद्यविद् केरी गान्स बताउँछिन् ।


गान्सका अनुसार चुइङगम दुई तरिकामा उपयोगी साबित हुन्छ । जस्तै केही गुलियो खान मन लाग्नेहरुका लागि र अर्को दिउँसो, बेलुकी वा रातिको समयमा खाउँखाउँ हुनेहरुलाई चुइङगमले अतिरिक्त क्यालोरी सेवन गर्नबाट बचाउन सक्छ । 


यसअघि गरिएको एक अध्ययनले पनि चुइङगमले केही विशेष खाना जस्तै गुलियो वा चिप्स लगायत ‘स्न्याक्स’ को भोक मेटाउने गरेको पत्ता लगाएको छ । यसमा सहभागी हुनेमध्ये चुइङगम चबाउनेहरुले अरुभन्दा ४० क्यालोरी कम सेवन गरेको पाइएको थियो किनकी उनीहरुले पेट भरिएको जस्तो महसुस गर्ने हुँदा भोक नलाग्ने गरेको अमेरिकाको सिएटलस्थित एकेडेमी अफ न्युट्रिसन एण्ड डाएटिक्सका लायि राष्ट्रिय संचारकी प्रवक्ता एन्जल प्लानेल्स बताउँछिन् ।


यसरी चुइङगमले हाम्रो पटकपटक खाइरहने बानीलाई नियन्त्रण गर्न सक्ने हुनाले नै यो उपायलाई उपयुक्त मान्न सकिने बताइएको छ । गान्स भन्छिन्, “जस्तै तपाईँ घरबाट काम गरिरहनु भएको छ र धेरैपटक भान्सामा गइरहने गर्नुहुन्छ भने चुइङगमले मद्दत गर्न सक्छ ।


त्यस्तै अफिसमा काम गर्दा पनि तपाईँको मुखमा पहिल्यै चुइङगम छ भने तपाईँले आफूलाई अरु खानेकुरा खानबाट रोक्न सक्नुहुनेछ । वास्तवमा यसले तपाईँलाई व्यस्त राखिरहेको हुन्छ र यसमा फ्लेबर पनि हुने हुँदा हामीले अरु खानेकुरा नचाहिन सक्छ ।”


तरपनि चुइङगमले वास्तविक खानेकुरा जसरी शरीरलाई ऊर्जा दिन नसक्ने हुँदा यसको बानी लगाउन कठिन हुने उनी बताउँछिन् । यस्तोमा गान्सले विशेषगरी सुगर–फ्रि चुइङगमको बढी सेवन गर्न सुझाव दिएकी छन् जुन हाम्रो दाँतका लागि पनि राम्रो हुने उनको भनाइ छ ।


यसले हाम्रो मुखमा र्यालको बहाव बढाउने हुँदा दाँतका ब्याक्टेरियाले उत्पन्न गराउने एसिड पखाल्न मद्दत मिल्ने गरेकाले दाँत किराले खानबाट जोगाउन सक्ने अमेरिकन डेन्टल असोसिएसनले पनि जनाएको छ । तरपनि हामीले दिनमा अधिकतम पाँच पिस भन्दा धेरै चुइङगम खान नहुने बताइएको छ । सीएनएनबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...