अर्थमन्त्री खतिवडा भन्छन्ः एक पैसा पनि कर नछोड्नुहोस्

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

आज आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश व्यक्त गरेका हुन् ।

कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले ‘सेल्स प्वाइन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न पनि आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत गराए । आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा फराकिलो बनाउन आन्तरिक राजस्व विभागलाई कडा निर्देशन दिएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...