कालीबाबाको हस्तक्षेपले प्रहरीमा भुकम्प, भित्रभित्रै यसरी तयार पारिँदैछ भावी आईजीपी

कालीबाबाको हस्तक्षेपले प्रहरीमा भुकम्प, भित्रभित्रै यसरी तयार पारिँदैछ भावी आईजीपी

काठमाडौं । प्रहरीमा भुकम्प जाने गरी सरुवा गरेर तितर बितर पारिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका एसएसपी र केही डीएसपीहरुको सरुवापछि अब डीआइजीहरु पनि फेरबदल गर्ने तयारीमा आइजीपी सर्वेन्द्र खनाल छन् ।

डीआइजी बढुवा सिफारिस भएका एसएसपी विश्वराज पोखरेललाई प्रवक्ता बनाउने तयारी छ । पोखरेललाई कालीबाबाको ठाडो हस्तक्षेप र उपप्रधानमन्त्री इश्वर पोखरेलको जोडमा डीआइजी बनाउन सिफारिस गरिएको हो र बा उनैलाई भाबी प्रहरी प्रमुखका रुपमा देख्न चाहन्छन् । 

१ नम्बर प्रदेशका डीआइजी केदार रिजाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कामु प्रमुख हुनका लागि जोडतोडका साथ लागेका छन् । उनी प्रहरीमा ३० बर्षे सेवावधि हटाउने लबिङमा छन् । १ नम्बर प्रदेशको प्रहरी प्रमुख भए पनि उनी ३० बर्षे हटाउने चक्करमा नेताहरुकोमा धाउँदैआएका छन् । प्रहरी मुख्यालयमै सरुवा मिलाएर उनी ३० बर्षे हटाउन पहलकदमी लिन खोजिरहेका छन् । १ नम्बर प्रदेशको डीआइजीमा शेरबहादुर बस्नेतको नाम लिने गरिएको छ ।

गण्डकी प्रदेशका डीआइजी दानसिंह बोहरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियारका ठाकुर ज्ञवाली गण्डकी प्रदेशमा सरुवा हुने स्रोतको दाबी छ । ज्ञवालीको नाम १ नं प्रदेशका लागि पनि लिने गरिएको छ । प्रद्युम्न कार्की २ नम्बर प्रदेशमा नाम लिने गरिएको छ । २ नं का डीआइजी हरि पाललाई सीआइबीमा ल्याउने प्रबल सम्भावना छ । प्रहरी प्रमुख सर्बेन्द्र खनाल भन्दा पनि गृह मंत्री बादल पुत्र प्रतिक सरुवामा हाबी हुने गरेको श्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

११ हजार कर्मचारीका लागि लोक सेवाले शुक्रबार बिज्ञापन गर्दै, ६ महिनामै रिजल्ट आउट हुने

काठमाडौँ । कर्मचारी अभाव भोगेका स्थानीय तहले ६ महिना भित्रै नयाँ कर्मचारी पाउने भएका छन् । लोकसेव...