गर्मी मौसममा छालाको समस्या र समाधानका उपाय के के हुन त?

काठमाडौं । व्यस्त मानिसहरुको लागि गर्मी मौसम उतम मानिदैन , घरपरिवार तथा जागिर दुवै सम्हाल्नुपर्ने अवस्थामा व्यक्तिगत सजगता बढी आवश्यक हुन्छ ।

यो मौसममा छाला पोल्ने, छाला जाने कालो हुन, खाना रुचि नहुने तथा असह्य गर्मीका कारण देखापर्ने अन्य विविध समस्याका कारण जीवनशैली कष्टकर हुन्छ । यद्यपि, गर्मी मौसमको विभिन्न प्रभावबाट बच्ने धेरै उपाय छन् जसलाई अपनाएर सुन्दर तथा स्वस्थ रहन सकिन्छ । गर्मीमा छालाको स्याहार कसरी गर्न सकिन्छ । 

के गर्दा छाला जोगाउन सकिन्छ त ? 

गर्मी मौसममा छालाको हेरचाहमा किन पनि बढ्ता ध्यान दिईनुपर्छ भने छालासम्बन्धी अधिकांश परिवर्तन सूर्य चर्किंदै जाँदा देखिन थाल्छ । ओजोन तहबाट शोषित नहुने परावैजनी किरणमध्ये पहिलो प्रकारको यूभी एले छालाको भित्री तहसम्म पुगेर असर गर्छ । परावैजनी किरणको असर गोरो छालामा बढी पर्छ ।

गर्मी महीनामा छालामा सनस्त्र्किनको समुचित उपयोगले घामको तात्कालिक र दीर्घकालिक प्रभावबाट जोगिन सकिन्छ ।

केही सनस्त्र्किन वा सनब्लक सूर्यको परावैजनी किरणको कुप्रभावबाट जोगाउने किसिमको हुन्छ । 

भने सनब्लकमा जिंक अक्साइड पनि हुने भएकोले परावैजनी किरणलाई छालाको सम्पर्कमा आउनबाट रोक्छ ।

छालालाई घामको किरणबाट हुने हानिबाट जोगाउन दिउँसो शीतल ठाउँबाटै कामकाज चलाउनुपर्छ । घामको असर घटाउने केही क्रिम पनि छन् । जस्तो, एसपीएफ–१५ ले यूभी बी विकिरणबाट ९३ प्रतिशत जोगाउँछ भने एसपीएफ–३० ले ९७ प्रतिशत जोगाउँछ । नेपालीले २० भन्दा माथिको एसपीएफ भएको सनस्त्र्किन लगाउँदा हुन्छ । कालोपोतो भएकाहरूले तेल नभएको सनस्त्र्किन प्रयोग गर्नुपर्छ ।

सामान्य र सुक्खा छालाको लागि सनस्त्र्किन उपयुक्त हुन्छ । घाममा निस्कनु १५ मिनेट अगाडि शरीरको खुल्ला भाग–नाक, गर्दन, कान र ओंठमा पनि सनस्त्र्किन लगाउनुपर्दछ । सुक्खा छाला हुनेले आधाघण्टा अघि सनस्त्र्किन लगाउनु राम्रो हुन्छ । लगाएको केही समयभित्रै विमिरा देखिए सनस्त्र्किनकै एलर्जी भएको हुनसक्छ । लामो समय घर बाहिर बस्नुपर्दा हरेक दुई घण्टामा लोसन लगाइराख्नुपर्छ ।

छालालाई घामको असरबाट जोगाउन पहिरनमा पनि ध्यान दिनुपर्छ । त्यसका लागि शरीरको अधिक भाग छोपिने सूतीका लुगा राम्रो हुन्छ । छाता, ह्याट र गुणस्तरीय सनग्लास पनि गर्मीमा घाम छेक्नका लागि उपयुक्त हुन्छन् ।

छालासम्बन्धी अन्य समस्यासंक्रामक रोगहरू गर्मी मौसममा बढ्ता लाग्छन् । छालाका विभिन्न खाले समस्याले टाइफाइड, औलो, कालाज्वरलगायतका सरुवा रोगहरूका लक्षण देखाइरहेका पनि हुनसक्छन् ।

भाइरसका कारण शुरू भएका घाउखटिरामा ब्याक्टेरियाको संक्रमण भएपछि खराब अवस्था आउँछ । गर्मी मौसममा आगलागी, आँखा पाक्ने तथा बहुला कुकुर र सर्पको टोकाइका कारण पनि छालाको समस्या बढ्छ ।

गर्मी मौसममा शरीरमा आर्द्रता बढ्छ र छालामा ब्याक्टेरियल वा फंगस संक्रमण हुने सम्भावना बढाउँछ । पसिना निस्कने ग्रन्थीको मुख थुनियो भने शरीरका विभिन्न भागमा स–साना विमिरा, डण्डीफोरलगायतका समस्या आउँछन् । त्यस्तो बेला चिलाउने, जलन हुने, पिप भरिने, दुख्ने हुन्छ नै ।

 अधिक मोटोपना भएकाहरूलाई घाँटी पछाडि, स्तनमुनि, घुँडाको पछाडि, काखी, काछ आदिमा छाला बाक्लिने, रङ परिवर्तन हुने समस्याका साथै फंगस संक्रमण हुन्छ ।

शारीरिक आर्द्रताका कारण काखीबाट गन्ध आउँदा डियोडेरेन्ट स्प्रे, लोसन वा परफ्यूम प्रयोग गर्न सकिन्छ, तर सधैंभरि प्रयोग गर्नुभन्दा शारीरिक सरसफाइमा ध्यान दिनु बुद्धिमानी हुन्छ । सरुवा रोग तथा छालासम्बन्धी समस्या समाधानका लागि सरसफाइ गर्नुको विकल्प छैन ।

 फोहोर पानीबाट फैलिने लामखुट्टेको टोकाइबाट छालाका समस्यासँगै औलो र कालाज्वर हुन्छ। लामखुट्टेबाट बच्न लिक्विडेटर वा म्याट बाल्ने, धूप जलाउने, झयालढोकामा जाली राख्ने, पूरै शरीर छोप्ने लुगा र झुल लगाउने गरेर मात्र पुग्दैन, घर वरिपरि सफा पनि गर्नुपर्छ। गर्मी मौसममा बालबालिकाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...