राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक सेवानिवृत्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक एकसाथ सेवानिवृत्त भएका छन् । कार्यकारी निर्देशकको पदपूर्ति बढुवामार्फत् केही विभाग निमित्तको मातहतमा जानेछ ।

३० वर्षे सेवाअवधिसँगै ५ कार्यकारी निर्देशक सेवानिवृत्त भएपछि अब राष्ट्र बैंकमा दर्जन कार्यकारी निर्देशक बाँकी छन् । हरेक विभाग र बैंकिङ कार्यालयलाई कार्यकारी निर्देशकले नेतृत्व गर्ने व्यवस्था छ । 

सेवानिवृत्त हुने कार्यकारी निर्देशकमा राष्ट्र ऋण विभागका नरबहादुर थापा, विदेशी विनिमय व्यवस्थापन विभागका भीष्मराज ढुंगाना, बैंकिङ कार्यालयका झलकप्रसाद आचार्य र बैंक तथा वित्तीय संस्था नियमन विभागका नारायणप्रसाद पौडेल छन् । 

एकसाथ सेवानिवृत्त हुन लागेका पाँच कार्यकारी निर्देशकमध्ये लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारी केहीदिन अघिदेखि नै विदामा बसेका छन् । बाँकी ४ जना बुधबारदेखि अवकाश अघिको अनिवार्य एक महिने बिदामा छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...