नेप्सेमा छलकपट : अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १८ करोड रुपैयाँ खर्च गरेर सुरु गरेको स्वचालित अनलाइन प्रणालीमा अनिमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

२०७५ पुस ९ गते नेप्सेको अनलाइन प्रणालीमा अनियमिता भएको र यसले कामै नगरेको भन्दै लगानीकर्ताले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अख्तियारले धितोपत्र बोर्डलाई अनलाइन प्रणालीको छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

अख्तियारको र्निदेशनमा २३ पुसमा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा कामु कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरे र यमनाथ अर्याल सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । नेपाल धितो पत्र बोर्डको छानबिन समितिले बुझाएको प्रतिवेदनमा अनियमितता भएको ठहर गरिएपछि अख्तियारले छानविन थालेको हो । 

‘हामीले बोर्डलाई छानबिन प्रतिवेदन बुझाएको भनेका थियौं । सोहीअनुसार प्रतिवेदन पाएका छौं’ अख्तियारका प्रवक्ता प्रदीप कोइराला भन्छन्, ‘नेप्सेले सुरु गरेको अनलाइन प्रणाली चित्तबुझ्दो भएन भनेर हामीकहाँ उजुरी आएको हो र यसैलाई आधार मानेर हामीले बोर्डलाई छानबिन गर्ने निर्देशन दिएका हौं । यसमा विभिन्न विधि र प्रक्रियाहरु छन् । ती प्रक्रियाअनुसार छानबिन जारी छ ।’ 

नेप्सेले भने अनलाइन सफ्टवेयर खरिदमा सबै प्रक्रिया पु¥याएर खरिद गरेको बताएको छ । हालसम्म अनलाइन सफ्टवेयर निर्माण गर्ने कम्पनी वाईकोलाई १० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...