गर्मी समौममा स्वस्थ रहन के खाने ?

  काठमाडौं ।  गर्मी मौसममा स्वास्थ्यको ख्याल गर्नु अति जरुरी हुन्छ । गर्मी मौसममा शरीरमा पानीको मात्रा  कम हँदा   बिभिन्न रोगहरुले आक्रमण गर्न सक्ने खतराबढि हुन्छ । त्यसैले यस समयमा शरीरको बिशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ । त्यसका लागि हामीले विभिन्न खाने कुरामा ध्यान दिनुपर्छ । पिउने पानी शुद्ध हुन आवश्यक छ । 

१. पानी 

गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ ।

२. नरिवल पानी

गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

३. फलफूल

गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ । यसबाट शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ र शरीर स्वस्थ रहन मद्दत गर्छ ।

४. चना 

गर्मी मौसममा चनाको सेवन गर्नाले शरीरलाई शीतलला प्रदान गर्नुका साथै शरीरमा शक्ति पैदा गर्छ ।  यसको सेवनबाट शरिरलाइ गर्मीबाट बचाउछ । 

५. धनिया, पुदिना तथा प्याज

गर्मी मौसममा पाचन क्रियामा समस्या हुने भएकाले धनिया, पुदिना तथा प्याजको सेवन गर्नाले खाना पचाउन मद्दत गर्छ साथै यसले खानालाई स्वादिलो पनि बनाउँछ ।

       


प्रतिकृया दिनुहोस