खोपमा डुब्यो अर्ब लगानी, बालबालिका खोपबाटै बञ्चित

काठमाडौं । खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाबाट ११ प्रकृतिका खोप १६ हजार खोप केन्द्रबाट उपलब्ध गराउँदै आएको छ । तर, परिवार स्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखाका अनुसार ६९ हजार ३ सय बालबालिकाले पक्षघातविरुद्ध पोलियो खान पाएका छैनन् भने एफआईपीभी खोप लगाउन पाएका छैनन् । 

खोप कार्यक्रमअन्तर्गत मुलुकका ५६ हजार ७ सय बालबालिकाले यो वर्ष क्षयरोगविरुद्धको खोप ‘बीसीजी’ लगाउन पाएका छैनन् । त्यस्तै, ६९ हजार ३ सय बालबालिकाले भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार रोगविरुद्धको खोप पेन्टा (डीपीटी, इन्फुलन्जा, हेपाटाइटीस बी) खोप लगाउन पाएका छैनन् ।

७५ हजार ६ सय बालबालिका निमोनियाविरुद्ध पीसीभी खोप लगाउनबाट वञ्चित हुनुपरेको छ भने ७५ हजार ६ सय बालबालिका मस्तिष्क सुजन (इन्सेफलाइटिस) विरुद्ध जेई खोप लगाउनबाट वञ्चित भएका छन् । दादुराविरुद्ध रुवेला खोप लगाउनबाट वञ्चित हुने बालबालिकाको संख्या १ लाख ८९ हजार रहेका छन् । यसरी खोप कार्यक्रम प्रभावकारी हुन नसक्दा ती बालबालिका विभिन्न रोगको उच्च जोखिममा रहेका छन् ।

खोप र खोपजन्य सामग्री, कोल्डचेन सामग्री खरिदका लागि १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । खोप लगाउन योग्य एक वर्षमुनिका बालबालिकाको संख्या ६ लाख ३० हजार रहेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...