सेयर बजारमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  ।

कारोबारमा १७५ कमपनी आएका थिए । आज उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन २०.८ अंकले बढेको छ भने अन्य समुहमा १.१२ अंकको बढोत्तरी छ । 

सबैभन्दा बढी जिवन बिमा १२७.०२ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ५३.८८ अंकको गिरावट छ । लघुवित्त समुह २५.८७ अंकले घटेको छ भने नीर्जिवन बिमा तर्फ २४.७३ अंकको गिरावट छ । बाणिज्य बैंक, होटल, विकास बैक, फाइनान्स समुह घटेको छ । 

बजार घट्दा पनि सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको भएको छ । नेपाल बैकको ६ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि प्रभु बैंक र शिवम सिमेन्टको कारोबार बढी भएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...