यी खानेकुरा खानुस्, जसले तनावमुक्त सधैं बनाउँछ

काठमाडौं । तनाव शब्द हिजोआज सामान्य बन्न पुगेको छ । चाहे त्यो पढाईको कुराले होस् या त रोजगारीको कारणले या त करियरको कुराले । आम मानिसमा सन्तुष्टी भन्दा असन्तुष्टी बढी देखिन्छ ।

तनाब धेरै लिने मान्छे अन्ततः डिप्रेसनको शिकार हुन पुग्छन् । त्यसकारण तनावमुक्त भई जिवनलाई सामान्य बनाउन सहयोग गर्ने केहि खानाहरु जुन यस प्रकार रहेका छन् ।

केरा: केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने केरा खाने गर्नुस् ।

स्याउ: स्याउमा फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ ।

अमला: तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ।

जौ: जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ ।

कुरिलो: तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।

ब्रोकाउली: ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।

दूध: दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।

चिसो पानी: तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।

काजुकाजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ । काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

तुलसी: तुलसी प्राचीन कालदेखि नै तनाव मेटाउने औषधिको रुपमा प्रयोग हँुदै आएको छ । यसले दिमाग शान्त बनाउछ । दिमागको कमजोरीबाट मुक्त गर्छ र मुडलाई आनन्द प्रदान गर्छ । एक गिलास पानीमा २ देखि ३ एमएल तुलसीको थोपा मिसाएर पिउँदा तनाव व्यवस्थापनमा धेरै सहयोग गर्छ । तुलसीलाई चियाको रुपमा वा पत्ता पनि खान सकिन्छ । दैनिक ८ देखि १० वटा तुलसीको पात चपाउँदा तनाव न्यून हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...