२४ घन्टाभित्रै गरौँ हृदयाघातको उपचार, यी कुरामा बढि ध्यान दिनुस

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा बर्सेनि एक करोड ८० लाखको मृत्यु मुटुरोगका कारण हुने गरेको छ । जसमध्ये मुख्य कारण हृदयाघात हो ।

हृदयाघात हुनुको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैलीलाई मानिन्छ । मुटुको कुनै पनि धमनीमा शतप्रतिशत समस्या आई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा उक्त भागको मृत्यु हुनु हृदयाघात हो । मुटुको देब्रे ९मुख्य० धमनीमा अवरोध भएपछि हुने हृदयाघात प्राणघातक हुन्छ । सामान्य भाषामा भन्दा मुटुको मांसपेशीका कोष मरेपछि देखिने समस्या हो हृदयाघात । 

लक्षण: हृदयाघात हुनुभन्दा पहिला लक्षण देखापर्छन् । शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ । यसलाई एन्जाइना भनिन्छ, जुन हृदयाघातको प्रारम्भिक लक्षण हो ।

मुटुको धमनी साँघुरिँदै गएपछि बायाँपट्टिको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ । त्यस्तै, छातीको दुखाइ सरेर घाँटी वा देब्रे हातसम्म फैलिने, मुटुको धड्कन बढ्ने र पेट दुख्ने पनि हृदयाघातका लक्षण हुन् । 

कतिपयमा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र पसिना आउनेजस्ता लक्षणसमेत देखापर्छन् । 

कारण: अव्यवस्थित जीवनशैली नै हृदयाघातको प्रमुख कारण हो । उच्च रक्तचाप, मधुमेह, मोटोपना, अव्यवस्थित खानपान, कोलेस्ट्रोल र धूम्रपान तथा मध्यपान सेवन अन्य कारण मानिन्छन् । 

पछिल्लो समयमा अत्यधिक तनाव र कामको बोझसमेत हृदयाघातको कारण बन्ने गरेको छ ।  

४५ वर्षभन्दा माथिका पुरुषमा हृदयाघातको जोखिम उच्च रहन्छ भने महिनावारी रोकिएका महिलामा करिब ५५ वर्षपछिको उमेरमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । 

रोकथाम र उपचार: हृदयाघात हुनबाट बच्न जीवनशैलीमा ध्यान दिन जरुरी छ । यसका लागि मुटुसँग सम्बन्धित समस्याः उच्च रक्तचाप, कालेस्ट्रोल, र मधुमेहजस्ता रोग भएरनभएको पत्ता लगाउन समय–समयमा जाँच गराउनुपर्छ । यस्ता समस्याबाट बच्न आवश्यक औषधि समयमै सेवन गर्नुपर्ने हुन्छ । 

स्वस्थ खानपानमा ध्यान दिने गर्नुपर्छ । अत्यधिक चिल्लो र पिरो खानेकुरा खानुहुँदैन । त्यस्तै धूम्रपान, मध्यपान र प्रदूषणबाट टाढा रहनुपर्छ । साथै, दैनिक शारीरिक व्यायाम गनुपर्छ । यसले हृदयाघातको जोखिमलाई घटाउँछ ।  

हृदयाघात भएको तीनदेखि ६ घन्टासम्ममा अस्पताल पु(याउन सकेमा यसको सफल उपचार गर्न सकिन्छ । हृदयाघातको विभिन्न प्रविधिबाट उपचार गरिन्छ । रगत पातलो बनाएर तथा बन्द भएको नसा खोलेमा तत्काल उपचार सम्भव हुन्छ । उपचारको समय जति बढ्यो बिरामीमा त्यति जोखिम बढ्दै जाने भएकाले यसको उपचार २४ घन्टाभित्रमा गरिसक्नुपर्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...