पिछडिएको क्षेत्र हुम्लामा जटिल शल्यक्रिय सेवा उपलब्ध अब आकस्मिक शल्यक्रिया गराउन काठमाडौ जान नपर्ने

हुम्ला  ।  दुर्गम  तथा पिछडिएको क्षेत्र मानिएको हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ।

 अस्पतालमा यसअघि सामान्य शल्यक्रिया भए पनि सुत्केरी महिलाको जटिल शल्यक्रिया सेवा उपलब्ध थिएन।

समयमै जटिल शल्यक्रिय नहाँदा महिलाको ज्यान समेत जाने गरेको थियो । 


अस्पतालले एकै दिनमा चार वटा अप्रेसन गर्न सफल भएको छ। अस्पतालमा दुई एमजिडिपी डाक्टर र अन्य सहयोगी स्टाफको व्यवस्था हुँदा उक्त सेवा दिन सफल भएको डा .अमृत विष्टले बताए। 


खार्पुनाथ गाउँपलिका–३ राया गाउँकी २८ वर्षीया जौका टमटाको जििट सुत्केरी केसको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। अप्रेशनमा संलग्न  विशेषज्ञ डाक्टरहले एमजिडिपी डाक्टर सिद्धार्थ र डाक्टर अमित विष्टको सहभागिताले अप्रेशन पूर्ण सफल भएको  अनमि बोहराले बताए ।

 यस्तै, हड्डी र मासु जोड्ने टेण्डन रिप्युटर अप्रेसन पनि भएको छ। त्यस्तै,  अर्को सुत्केरी र  दुई कान च्यातिएका विरामीको अप्रेसन सफल भएको अस्पतलले जनाएको छ।


हुम्ला लगायतका दुर्गम जिल्लाहरुमा संघीय सरकार र कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत  बिरामीको उद्धार गरिरहेको बेला जिल्ला अस्पताल हुम्लामा उक्त सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकलाई राहत भएको छ।


जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको थियो। जिल्ला अस्पतालमा सेवा थप भएपछि आकस्मिक मृत्यु हुनबाट जोगिएका छन ् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...