गर्मी मौसममा काक्रो खानुका फाईदा यस्ता छन्

काँक्रोलाई प्रायः सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । नियमित काँक्रो सेवन गर्नु मानव स्वास्थ्यका लागि एकदमै फाइदा जनक छ ।

काँक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौदर्यता प्रदान गर्न मद्धत गर्छ ।

एक अध्ययन अनुसार, कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्रोले धेरै रोग लाग्नबाट बचाउँछ । काँक्रोमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्यधिक मात्रामा पाइन्छ ।

आयुर्वेदमा रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा पिशावलाई सफा बनाउन यसको प्रयोग गरिन्छ । काँक्रोको प्रयोगले पेट र गिजाको दुखाइ कम हुन्छ ।

यदि मुखमा घाउ आएमा काँक्रोको टुक्रा राखेमा जीवाणु विस्तारै मरेर जान्छ र घाउ निको हुन्छ । यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइराख्छ । काँक्रोमा स्टेरराला नामक यौगिक रहेको हुन्छ । यसले कोलेस्ट्रोल कम गर्न समेत मद्दत गर्छ ।

५ फाइदा पढ्नुहोस

 १ काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । 

२ क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।

३ मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।

४ फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ ।

५ सिलिशीया नामक तत्व काँक्रोमा प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...