दिनदिनै ओरालो लाग्न थाल्यो शेयर

काठमाडौं ।  केही दिनदेखि ओरालो लागेको शेयर बजार बिहीबार पनि ओरालो लाग्यो ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोवार रकममा समेत उल्लेख्य अङ्कले  घटेको छ । कूल १७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल १३.६३, निर्जीवन बीमा ३७.५५ र उत्पादन ३८.०८ बिन्दुले बढेको छ । बैंकिङ ६.६७, विकास बैंक १०.३२, जलविद्युत् ४.५०, वित्त ३, अन्य १.३४, लघुवित्त ६.९ र जीवन बीमा १८.६८ बिन्दुले घटेको छ । कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३१४ मा रु चार करोड ७२ लाख आठ हजार ५२३ मूल्यमा कारोवार भएको छ । 

दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रतिकित्ता एक हजार तीनमा दुई करोड ६६ लाख १५ हजार १३५ मा सो कम्पनीको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ५२ लाख १७ हजार २८२, सिभिल बैंक दुई करोड दुई लाख ६६ हजार ९९१, छिमेक लघुवित्त वित्तीय संस्था एक करोड ९४ लाख ५३ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ५.२७ प्रतिशतले कमाए । यस्तै शिवम् सिमेन्ट ४.८८, युनिभर्सल पावर कम्पनी ४.०८, बोटलर्स नेपाल तराई ३.७९, प्रभु बैंकको संस्थापक शेयरधनीले ३.७७ प्रतिशतले कमाएका छन् । युनाइटेड मोदी हाइड्रो पावर ५.०४, नवील इक्विटी फण्ड ४.९४, एक्सेल डेभलपमेन्ट बैंक ४.७६, सिन्धु विकास बैंक ४.४१, रैराङ हाइड्रो पावरका शेयरधनीले ४।१२ प्रतिशतले गुमाएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...