डिप्रेसन कसरी हुन्छ ? यस्ता छन् लक्षण र रोकथामका उपाय


काठमाडौं । विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ । अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ ।

 यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो।


यो आनुवंशिक रोग भएकले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ । साथै, आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ । 

नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिमा डिप्रेसन भइरहेको पाइन्छ । डिप्रेसन भएको कसरी थाहा पाउने त 


लक्षण ः


–शक्तिहीन महसुस गर्नु ।

 –खान मन नलाग्नु । 

–कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु ।

 जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु । आफूबारे नकारात्मक मात्र सोच्नु । आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु । 

–आत्महत्याबारे सोचिरहनु । कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु । –नियमित रूपमा शरीर र टाउको दुख्नु ।


उपचार ः


डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । 


 डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।


रोकथामका उपाय


– शारीरिक रुपमा सक्रिय रहने ।


– रमाइला कामका लागि समय निकाल्ने ।


– आफ्ना सहयोगीहररूमाझ समय बिताउने ।


– योग र ध्यान गर्ने ।


– अत्यन्त महत्वाकांक्षी नहुने ।


– सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने ।


– धूमपान र मध्यपानको लतमा नपर्ने ।


– एकोहोरो टोलाउने  कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...