नविल बैंकको यस्तो हेल्चेक्रयाई, ग्राहकलाई ५ घण्टाको अर्बपति बनाएर दियो तनाव

काठमाडौं । बैंकले जम्मा गरेको पैसा मात्रै देखाउने हो । तर, नविल बैंकले ग्राहकलाई सोमबार निक्कै तनाव दियो । त्यो तनाव भनेको बै.कले अचानक अर्बाै रुपैया जम्मा गरिदिँदा । 

इसिमोडमा कार्यरत वाटर एन्ड क्लाइमेट स्पेसलिस्ट सन्तोष नेपाल एकाएक सेलिब्रिटी बनेका छन् । नेपालको खातामा सोमबार २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको थियो । त्यो बेला ४ बजेको थियो ।

नेपालको खातामा कसैले पैसा जम्मा गरेर २३ अर्ब ७५ करोड आएको थिएन ।  उनको खातामा विदेशबाट पैसा आएको थिएन । । नबिल बैंकको सिस्टममा भएको खराबीको कारण उनको खातामा २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो ।

खातामा २३ अर्ब ७५ करोड रुपैयाँ देखिएपछि उनले बैंकमा फोन गरे । उनले बैंकका कर्मचारीलाई भने,‘मलाई बैंकको अर्ब पैसा चाहिदैन,मेरो खातामा भएको केही हजार फिर्ता देउ ।’ उनले आफ्नो खातामा जम्मा भएको सबै रकम फिर्ता गराउन पनि निक्कै कसरत गर्नुपरेको थियो । 

यता बैंकका कर्मचारकिो पनि उत्तिकै हेल्चेक्रयाईले बेला बेला ग्राहले समस्या भोगनुपर्छ । तर सोमबार नेपालले नबिलका कर्मचारीलाई भन्दा कर्मचारीको जवाफ भने रोचक थियो । कर्मचारीले नेपाललाई तपाईको खातामा विदेशबाट पैसा आएको होला भन्ने जवाफ फर्काए ।

बेलुका ८ बजे डिजिटल विभागका प्रमुख सनत पौडेललाई घटनाको जानकारी गराएपछि उनी समस्या समाधानमा लागे । पौडेलले नेपाललाई सिस्टममा भएको खराबीको कारण खातामा २३ अर्ब देखिएको बताए । ९ बजे बल्ल नबिल बैंकलाई २३ अर्ब फिर्ता गर्न नेपाल सफल भए । 

पाँच घण्टासम्म अर्बपति भएका सन्तोषको खातामा बल्लबल्ल जे जति रकम आफ्नो थियो, त्यतिमै झर्‍यो । उनका अनुसार बैँकले दिएको एक्सप्लेनेसन यस्तो थियो, ‘बैँकले रकम ब्रान्च ट्रान्सफर गर्दा र्‍यान्डमली नम्बर जेनेरेट भएर तपाईँको खातामा आएको हो ।’ पत्याउनुको विकल्प थिएन ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...