गर्मी मौसममा लामखुट्टेको हैरानीबाट यसरी बच्नुस

काठमाडौं । अहिले गर्मीको मौसम शुरु भएको छ । गर्मीयाम सुरु भएसँगै लामखुट्टे समस्याका रुपमा देखिन थाल्छ । लामखुट्टेको टोकाइकै कारण मानिसलाई अनेकौं सरुवा रोग लाग्ने जोखिम पनि उत्तिकै हुन्छ । हामी तपाईंहरुलाई लामखुट्टेबाट बच्नेसम्बन्धमा केही घरेलु उपायबारे जानकारी दिंदै छौं,

 घर वरिपरि सँधै सफा सुघ्र राख्नुस् : लामखुट्टेको बासस्थान भनेको फोहोर हो । यदि तपाईंको घर वरिपरि फोहोर छ भने लामखुट्टे झुमिन्छन् । त्यसलै लामखुट्टेबाट बच्न घर वरपरको वातावरण सधैं सफा राख्नुहोस् ।

पानी जम्न नदिनुस् : लामखुट्टेले जमेको पानीमा अण्डा पार्ने, बच्चा हुर्काउने गर्छ । त्यसैले घर वरिपरि फोहोर पानी जम्न दिनुहुँदैन ।

घरको झ्यालढोकामा जाली प्रयोग गर्नुहोस् ः गर्मीको समयमा कोठामा हावा सजिलै छिर्ने बातावरण बनाउनु पर्छ । तर, यसका लागि झ्याल ढोका खुला छाड्दा लामखुट्टे पस्छ । त्यसैले झ्याल ढोकामा जाली प्रयोग गर्नु भयो भने लामखुट्टे भित्र पस्न सक्दैन ।

सुत्ने बेडमा झुलको प्रयोग : हुन त लामखु्ट्टे भगाउनका लागि भनेर विभिन्न प्रकारका धुप तथा लिक्वीड बनेका हुन्छन् । तर, त्यस्तो धूप प्रयोग गर्दा स्वास्थ्यमा असर पु¥याउन सक्छ । त्यसैले झुलको प्रयोग उपयोगी हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...