घिउ कति स्वास्थ्यको लागि लाभदायि हुन्छ ? जानीराख्नुस

काठमाडौं । घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पु¥याउनुपर्छ । घिउ सेवनका अनेक फाइदा छन् :


घिउ सेवनले छालामा चमक ल्याउनुका साथै स्वस्थसमेत बनाउँछ । यसले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ । 


कब्जियतका बिरामीलाई घिउ निकै फाइदाजनक हुन्छ ।  घिउ सेवनले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।


यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ । घिउले शरीरमा भिटामिन डी उपलब्ध हुने वातावरण सिर्जना गर्छ । घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पु-याउँछ ।


घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ । घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पु-याउँछ । घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको उपयोगबाट डिप फ्राई, तरकारी, दालरोटी र परौठा आदि बनाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस