यी खाने कुराहरु याद गर्नुस समय मिले यस्ता फाईदा, नमिले बेफाईदा

एजेन्सी । हाम्रो शरीरको लागि शक्तिको श्रोत भनेकै खानेकुरा नै हुन् । खानेकुरामा निहित भिटामिन तथा प्रोटिन जस्ता तत्त्वले हाम्रो शरीरको नियमित संचालनमा सहयोग पुग्छ ।

तर कतिपय खाना सहि समयमा खाँदा अति फाइदाजनक हुन्छ भने तिनै खाना गलत समयमा खानाले शरीरलाई घात पर्न पनि सक्छ। यस्तोमा खानेकुराको प्रकृति अनुसार खाने समयको ज्ञान हुनु अपरिहार्य छ ।


१. केरा

केरा फलफूलहरु मध्ये तत्कालै शक्ति प्राप्त हुने फल हो । पाकेको केरा दुध तथा दहिसँग खाँदा स्वादिष्ट त हुन्छ नै स्वस्थ्यकर पनि हुन्छ । तर यही केराको सेवन बिहान अथवा बेलुका भने गर्नु हुँदैन । बिहान खाली पेटमा केरा खाँदा शुल (वायु) हुन्छ, यसमा रहेको उच्च म्याग्नेसियम तत्वले खाली पेटमा नकारात्मक असर गर्दछ ।


त्यस्तै बेलुका केरा खाँदा हाम्रो शरीरलाई भित्री चिसो लाग्ने उच्च सम्भावना रहन्छ । सोही कारण पनि केराको सेवन दिउँसो गर्दा उपयुक्त हुन्छ । बिहान खानुपरेमा तातो दुधसँग खाँदा यसले खासै खराब असर गर्दैन ।


२. चिनी

चिनी पचाउन नसक्दा उच्च सुगर जस्तो दीर्घरोग लाग्ने भए पनि हामीले चिनीको प्रयोग नियमित गरिरहेका हुन्छौं । चिनीमा नकारात्मक गुण हुने मात्रै होइन धेरै अवस्थाको लागि हितकारी पनि हुन्छ । चिनी सेवनले शरीरले तत्कालै शक्ति प्राप्त गर्दछ भने १ चम्चा चिनीको सेवनले मात्र पनि शरीरमा आवश्यक उर्जा प्राप्त हुन्छ ।


तैपनि बेलुका चिनीको सेवन गर्नु शरीरको लागि हानिकारक छ । बेलुकाको समयमा शरीरको इन्सुलिन कम सक्रिय हुनाले सो समय चिनी सेवन गर्दा त्यसलाई पचाउन गाह्रो पर्दछ ।


चिनी पच्न नसकेमा यसले हानिकारक तत्वको स्वरुप लिन्छ । यसको विपरित बिहान चिनी सेवन गर्दा यसले शरीरको शक्तिमा परिणत हुन पर्याप्त समय पाउँदछ भने बिहानको समयमा मानव शरीरमा चिनी पचाउने इन्सुलिन पनि निकै सक्रिय हुने हुँदा यो खराब चिनीको रुपमा शरीरमा बस्न पाउँदैन ।


३. स्याउ

एउटा स्याउ दैनिक खाएमा डाक्टरकोमा जानै नपर्ने अंग्रेजी भनाइ प्रख्यात छ । यस भनाईबाटै हामीले स्याउको महत्व थाहा पाउन सक्छौं । स्याउमा हुने फाइबर तत्वले मानव शरीरको विभिन्न भागमा अनेकन फाइदा हुने कुरा धेरैलाई थाहा भएकै विषय हो ।


तरपनि स्याउको सेवन साँझ वा राती गर्नाले शरीरलाई बेफाइदा पुग्छ । साँझ वा रातीको समयमा स्याउ सेवन गर्दा यसमा भएको एसिडिक तत्वले पेटलाई असहज बनाउँछ भने यसमा हुने ‘पेक्टिन’ नामक तत्वले पाचन प्रक्रियालाई अनावश्यक भार दिने हुँदा सो समय स्याउको सेवन नगर्नु नै राम्रो हुन्छ ।


बिहान तथा दिउँसो स्याउको सेवन गर्दा यसले कब्जीयतको समाधानको हुनुको साथै क्यान्सर जन्माउन सक्ने कोषलाई पनि नष्ट गर्न सहयोग पु¥याउँछ ।


४. दही

बिहान तथा दिउँसोको समयमा दही सेवन गर्दा पाचन प्रक्रियालाई सहयोग पुग्दछ । यसमा रहेको ब्याक्टेरिया हाम्रो शरीरको लागि हितकारी भएकोले दहीको प्रयोग सामान्य अवस्थामा पनि नियमित गर्दा राम्रो हुन्छ ।


विशेषगरी धेरै खानेकुरा, चिल्लो, मसला बढी मिसाईएको मासु खाँदा पनि दहीको सेवनले पेटलाई सहज संचालनमा सहयोग पुग्छ । तर रातीको समयमा दही सेवन गर्दा यसले शरीरमा कफको मात्रा बढाउने तथा भित्री चिसोले गर्दा फोक्सोसम्म असर पुग्छ ।


अझ शरीरमा चिसो बढि महसुस हुनेलाई त बेलुका खाएको दहीले तत्कालै ज्वरो आउने सम्भावना हुन्छ ।


५. दुध

दुध वा दुधको चिया बिहान खानु भनेको शरीरमा ग्याँसट्राइटिस (ग्याँसट्रिक) जन्माउनु नै हो । यसमा रहेको उच्च एसिडिक तत्वले खाली पेटमा ताण्डव नै मच्चाउँछ ।


त्यसमाथि दुध अति पोषिलो पदार्थ भएकोले नियमित कडा अभ्यास गर्ने बाहेकका व्यक्तिहरुलाई एकाबिहानै सेवन गर्दा पाचन प्रक्रियामा पनि नकारात्मक असर पु¥याउँछ । तर बेलुका सुत्नु भन्दा १ घण्टाअघि मनतातो दुधको सेवन गर्दा यसले मीठो निन्द्रा लाग्ने र शरीरमा कमि भएको पोषणलाई पुरा गर्न मद्दत गर्दछ ।


६. मासु

कुनै व्यक्तिको खानाको मात्रा सामान्य छ तर पनि भुँडी लागेको छ भने पक्कै पनि बेलुका मासु भात अघाउन्जेल खानेबानी हुनुपर्छ ।


मासुमा उच्च प्रोटिन तथा चिल्लो हुने हुँदा बेलुका खाँदा पाचन प्रक्रियाले पूर्णरुपमा पचाउन सक्दैन । त्यसमाथि रातको समयमा हाम्रो शरीरलाई त्यो मात्रामा शक्ति आवश्यक नपर्नेहुँदा अनावश्यक प्रोटिन शरीरमा थुप्रिइ रोगको कारक बन्न सक्छ ।


यसको विपरित दिउँसो मासुको सेवन गर्दा शरीरलाई चाहिने प्रोटिनको मात्रा पुग्ने तथा शक्ति प्रदान गर्ने गर्दछ। त्यस्तै दिउँसो मासु खाँदा पेट अडिलो भइ पटक पटक खाइ रहनुपर्ने बाध्यता पनि रहँदैन ।


७. काँक्रो

काँक्रो फल मात्र नभएर बहुगुणी सेवनको लागि सहज वस्तु हो । तर काँक्रोको बिषयमा नेपाली परम्परामा चलिआएको भनाइ नै सान्दर्भिक छ । बिहान खाए हिरा, दिउँसो खाए खिरा (काँक्रो) र बेलुका खाए किरा ।


अर्थात् बिहान काँक्रोको सेवन शरीरको लागि अति हितकारी छ। त्यस्तै दिउँसो पनि यसलाई सेवन गर्न सकिन्छ। दिउँसो यसको सेवनले पनि शरीरलाई राम्रै गर्दछ । तर बेलुका काँक्रोको सेवन किरा सेवन गर्नु बराबर हो अर्थात् यसले शरीरमा नकारात्मक असर पु¥याउँछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...