बुढिगण्डकी र पश्चिम सेती जलविद्युत आयोजनामा लगानीे अभावः मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानीको अभावमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन नसकिएको बताएका छन् ।

संघीयतामा जलस्रोत विकास र व्यवस्थापनमा केन्द्र–प्रदेश सम्बन्ध विषयक कार्यशाला गोष्ठीलाई सोमबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आइतबार उत्तरगंगा जलविद्युत आयोजनाका सरोकारवालासँगको छलफलमा मन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् । अहिले सो आयोजनाको विस्तृत अध्ययनको काम अघि बढाइएको पनि स्पष्ट पार्दै मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलको सहमतिमा मात्रै सो आयोजनाको काम अघि बढाउने बाचा गरे ।

मन्त्री पुनले भने, बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ, । उनले प्राविधिक अध्ययनपछि त्यसैका आधारमा छलफल गरेर सो आयोजनाको काम अघि बढाउने सरकारको योजना रहेको पनि स्पष्ट पारे ।

नदीको बहाव क्षेत्रमै सो आयोजनाको कामलाई अघि बढाउन उपयुक्त हुने सुझाब दिँदै सरोकारवाला निकायले आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनताको हित हुने गरी अघि बढाउन मन्त्री पुनलाई आग्रह गरेका छन् । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...