बजारमा छ्याप्छ्याप्ती भेटिन्छ गुणस्तरहीन भनिएको बीएमसी मसला

बजारमा एउटै ट्रेडमार्कका बीएमसी मसला

काठमाडौं । बीएमसी मसला सबै गृहिणीहरुले प्रयोग गर्दै आएको मसला हो । यो मसला स्वादिलो भन्दै अधिकांस गृहिण्ीहरुले प्रयोग गर्दै आएका छन् । तर, उनीहरुले कुन नक्कली र कुन सक्कली भन्ने अहिलेसम्म भेउ पाउन सकेका छैनन् । 

ट्रेडमार्क एउटाले मात्रै पाउँछ अर्थात् जुनलाई दिइने हो, त्यसलाई मात्रै दिइन्छ । तर, एउटै नाम गरेकालाई ट्रेडमार्क नम्बर राखिएको पाइँदैन । तर बजारमा पाइने कुन चाँही बीएमसी मसलाले ट्रेडमार्क पाएका छन् भन्न सकिने अवस्था छैन । 

भारतमा उत्पादन हुने यो मसला विभिन्न उत्पादकले एउटै ट्रेडमार्क प्रयोग गरी उत्पादन गर्ने गरेको पाइएको छ । जसका कारण उपभोक्तालाई कुन सक्कली र कुन नक्कली हो भन्ने छुट्याउन गाह्रो भएको छ । नेपालमा ५ किसिमभन्दा बढी बीएमसी मसला उपलब्ध छन् । उपभोक्तालाई कुन असली र कुन नक्कली भनेर छुट्याउन गाह्रो भएको छ । 

कुनै पनि वस्तु एउटा ब्राण्डमा मात्र बिक्री वितरण गर्न पाउने कानुनी व्यवस्था छ । तर, नेपाली बजारमा थुप्रै यस्ता वस्तु छन् जुन एउटै ब्राण्ड भएर पनि विभिन्न उत्पादकले उत्पादन गरेका वस्तुहरू छ्यापछ्याप्ती पाउन सकिन्छ । त्यसैमध्येको एक हो बीएमसी मसला । 

नेपालमा मात्रै बीएमसी मसला झण्डै वार्षिक २० करोड रूपैयाँभन्दा बढीको खपत हुने गरेको छ । तर, हालसम्म कुन सक्कली उद्योग र कुन नक्कली हो अझसम्म पनि नेपाल सरकारले पहिचान गर्न सकेको छैन ।

सबै कम्पनीको मसलामा उद्योग विभागबाट ट्रेडमार्क ऐन–२०२२ अन्तर्गत मिति २०४८ मंसिर १५ मा प्रमाणपत्र नं. ८२७५/०४८ अनुसार ट्रेडमार्क रजिष्टर्ड भएको एउटै डिजाइन र ट्रेडमार्क नम्बर रहेको प्रयोग भएका मसला बजारमा छ्याप्छ्याप्ती पाइन्छ । 

केही समयअगाडि राष्ट्रिय उपभोक्ता मञ्चले बीएमसी मसलामाथि प्रतिबन्ध लगाउँदै आपूर्तिकर्ता र बिक्रेतामाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदनसमेत दर्ता गराएको थियो । तर, अहिलेसम्म सरकारले कारवाहीको कुनै प्रक्रिया अघि बढाएको छैन । 

भारतबाट आयात हुने बीएमसी ब्राण्डको मसला  कम्पनीविरुद्ध नेपालका विभिन्न अदालतमा मुद्दा पनि हालिएको छ । एक दशकभन्दा लामो समयदेखि अदालतमा मुद्दा विचाराधिन रहँदा उपभोक्ता झनै अन्योलमा परेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । 

दुई दशकभन्दा लामो समयदेखि नेपालमा आयात भइरहेको बीएमसी मसला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत गुणस्तरहीन भएको प्रमाणित गरिसकेको छ । तर, हालसम्म पनि निर्वाध बिक्री वितरण हुँदै आएको छ । 

ऐनकै खिल्ली 

नेपालमा खाद्यन्नसम्बन्धी धेरै ऐनहरु कार्यान्वयनमा आएका छन् । नेपालमा प्रचलित पेटेण्ड डिजाइन तथा ट्रेडमार्क ऐन–२०२२ अनुसार कुनै पनि उद्योग वा आयातकर्ताले आयात गर्ने वस्तुका लागि दर्ता भएको ट्रेडमार्क कुनै अर्को कम्पनी वा उद्योग वा व्यवसायीले त्यस्तो पेटेण्ड डिजाइन र ट्रेडमार्क प्रयोग गर्न नपाउने व्यवस्था छ । 

कानुनविपरीत गरेको खण्डमा दण्डनीय हुने व्यवस्था गरेको छ भने उपभोक्ता संरक्षण ऐन–२०७५ ले कुनै पनि एउटा मालवस्तु अर्को हो भनी ढाँटी झुक्याउन नपाउने व्यवस्था गरेको छ । परिमार्जन सहितको खाद्य ऐन–२०२३ मा कुनै पनि खाद्यवस्तुमा स्पष्ट रूपमा लेबल राख्नुपर्ने र सो लेबलमा उत्पादकको नाम, ठेगानादेखि ट्रेडमार्कसम्म उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ । 

प्रचलित ऐन र कानुनविपरीत जे जस्तो लेखिएको भए पनि व्यवहारमा लागू भएको छैन । तर, बीएमसी मसला नेपाली बजारमा छ्याप्छ्याप्ती पाइदा पनि बीएमसी मसलामा माथि प्रतिवन्ध लाग्न सकेको छैन । र, यसलाई प्रतिवन्ध लगाउनेतर्फकसैको ध्यान पनि गएको छैन । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...