नेप्सेमा दुर्लभ घटना, जीवन बिमा समूहकै सूचकमा सर्किट

काठमाडौं । सेयर बजारमा आइतबार नयाँ तरङ्ग उत्पन्न भएको छ । बजार सुरु भएदेखि नै जीवन बिमा उपसमूहमा बिक्री गर्ने नभेटिएपछि सूचकमा सर्किट लागेको छ । 

लामो समयदेखि नबढिरहेको नेप्सेमा लगानीकर्ताले धेरै समय पछि यस्तो खालको घटना देखेको बताएका छन । जीवन बिमा समूहको सूचक ९.९२ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

समूहको सूचकसँगै ७ बिमा कम्पनीसहित ८ कम्पनीमा पोजिटिभ सर्किट लागेको छ । एशियन लाइफ, एलआइसी नेपाल, नेपाल लाइफ, प्राइम लाइफ, आइएमई जनरल इन्स्योेरेन्स, नेशनल लाइफ र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सको मूल्य ९.२९ प्रतिशतले बढेको छ भने राष्टिय बिमा कम्पनीको मूल्यमा ९.१३ प्रतिशतको वृद्धि देखिएको छ । जीवन बिमा कम्पनीमा सर्किट लाग्दा निर्जीवन बिमा समूहको सूचक ८ प्रतिशतको हाराहारीमा बढेको छ । यो समूहमा पर्ने कम्पनीमा समेत उच्च खरीद चाप रहेकोले सर्किट हान्ने संभावना देखिएको छ ।

बीमा कम्पनीको मूल्य बढ्दै गर्दा बाणिज्य बैंकको भने कारोबार रकम ह्वात्तै बढिरहेको छ । लगानीकर्ताहरुले बाणिज्य बैंकको शेयर बेचेर बीमा कम्पनीको शेयर किन्न सुरु गरेका छन् ।

केही दिन अगाडि देखिनै लगानीकर्ताहरु बाणिज्य बैंकबाट बीमा कम्पनीमा सिफ्ट भए पनि शेयर सप्लाइ नहुँदा कारोबार रकम भने बढ्न सकेको छैन । बाणिज्य बैंकको नाफा बुक गर्न खोज्दा मूल्य बढ्न सकेको छैन । यही अवस्थामा बीमा कम्पनीको मूल्य बढ्ने र नाफा आर्जन गर्ने मानसिकता हावी हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...