दुई सय अमेरिकी कम्पनी चीन छोडेर भारत आउने

काठमाडौँ ।  २०० अमेरिकी कम्पनी भारतको लोकशभा चुनावपछि आफ्नो निर्माण केन्द्रलाई चीन छोडेर भारत लैजान इच्छुक देखिएका छन् ।

अमेरिका–भारत सम्बन्धलाई बलियो बनाउने विषयको वकालत गर्दै आएको स्वयंसेवी समूह यूएस–इन्डिया स्ट्राटेजिक एन्ड पार्टनरशिप फोरमले यस्तो बताएको हो ।चीनको सट्टा अन्य विकल्पको खोजी गरिरहेका कम्पनीका लागि भारतमा शानदार अवसर भएको फोरमले जनाएको छ ।

समूहका अध्यक्ष मुकेश अघिले भने,“कैयौ कम्पनीले मसँग कुरा गरिरहेका छन् । उनीहरुले भारतमा लगानी गरेर कुन किसिमबाट चीनको विकल्प तयार गर्न सकिन्छ भनेर मसँग सोधिरहेका छन् ।” “समूहले नयाँ सरकारले सुधार प्रक्रियामा पारदर्शीता होस् भन्ने सुझाव दिएको छ,” ।

अघिले एक अन्तर्वार्तामा भनेका छन्,“मलाई लाग्छ कि यो संवेदनशील हो । हामी प्रक्रियामा अधिक पारदर्शिता ल्याउन तथा १२–१८ महिनामा यसलाई अधिक परामर्श योग्न बनाउने सुझाव दिन्छौ । ई–कमर्श, डाटाको स्थानिय भण्डारण जस्ता फैसलाले अमेरिकी कम्पनीहरु स्थानिय कारण नमानेर अन्रतर्राष्ट्रिय कारण मानिरहेका छन् ।”


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...