पानीमा कोलिफर्मले सिंगो गाउँमा झाडापखला फैलिएको प्रष्ट

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ बडागाउँको दजाकोटमा फैलिएको झाडापखलाको महामारीको कारण पानीमा कोलिफर्म भएको पत्ता लागेको छ ।

स्थानीय बासिन्दाले नुरखोलाको पानी पिउने गरेका थिए । सो पानीमा कोलिफर्म मिसिएको कारण यस्तो प्रकोप भएको प्रारम्भिक चरणमा अनुसन्धानबाट खुलेको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख डिबी जिसीले जानकारी दिए ।

प्रकोप फैलिएपछि पानीको नमुना परीक्षणपछि कोलफर्म मिसीएको भन्ने पत्ता लागेको हो । उनले सो पानीको नमुना थप परीक्षणको लागि काठमाडौं पठाइएकाले थप जानकारी आउन अझैं केही दिन लाग्ने बताए । 

बैशाख १० गते साँझदेखी दजाकोटमा झाडापखालाको महामारी फैलिएको कारण सिँगो गाँउ नै बिरामी परेको छ । दुषित पानी पिएको कारण गाँउभरी नै फैलिएको महामारीले हालसम्म १ सय ५० भन्दा बढी बिरामी परेका छन् । ४ जनाको तम्घास र बुटवलमा उपचार भइरहेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...